गीत रेकर्डको २३ वर्षपछि भिडियो निर्माण, समिरको निर्देशनमा डेब्यू

म्यूजिक खबर
प्रकाशित: ६ असार २०७५, बुधबार

६ असार, काठमाडौं । गायक राजेश पायल राईलाई गायनको इतिहासमा नै चर्चामा ल्याएको गीत ‘बैगुनी रैछौ मायालु’ को २३ वर्ष छि म्यूजिक भिडियो निर्माण भएको छ । बमजनको रचना र बसन्त मुकारुङ्गको संगीत रहेको सो गीतले गायक राईलाई सांगीतिक यात्रामा टर्निङ प्वाइन्ट बनाएको थियो । तत्कालिन समय सुन्ने गीतको मात्रै प्रचलन भएको कारण दृश्य निर्माण भएको थिएन ।


परिवर्तित समयको मागसँगै अब गीत सुन्ने मात्रै नभएर हेर्ने प्रचलन बढेकोले भिडियो निर्माण गरिएको गीतका गीतकार भरत बमजनले बताए ।
भिडियो निर्माण पछि गीतले नयाँ जीवन पाउने र फेरि एकपटक चर्चाको शिखर चुम्ने विश्वास निर्माण समूहले गरेको छ । गीतको छांयाङ्कन रेशम दर्लामीले गरेका हुन भने अभिनय प्रतिभाशाली नायक एवं मोडेल श्रीदेव भट्टराई, पुरुषोत्तम नेपाली (सानु) र बर्षा चौलागाइले गरेका छन् ।

निर्देशन नेपाल टेलिभिजनका चर्चित सञ्चारकर्मी दिपक समिरले गरेका छन् । यो उनको म्यूजिक भिडियो निर्देशनबाट चर्चित कार्यक्रम प्रस्तोता दिपक समिरले डेब्यू गरेका छन् । अधिकांश छांयाङ्कन ललितपुरको लेलेमा गरिएको भिडियोको फरक कथा अत्याधुनिक प्रविधि एवं कलाकारहरुको जीवन्त अभिनयले गर्दा दर्शकले मन पराउने विश्वास निर्देशक समरिले व्यक्त गरे । भिडियो हाल सम्पादनमा रहेको र केही दिनमा सार्वजनिक गरिने तयारी गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु