गुरुपूर्णिमामा काव्यको तबला सेन्टर

म्यूजिक खबर
प्रकाशित: २९ असार २०७१, आईतवार

काठमाडौं, २९ असार । गायिका काव्य आचार्यले गुरुपूर्णिमाको अवसर पारेर तबला सेन्टर खोलेकी छन् । श्री संगीत पाठशालामा चौथो वर्षमा अध्ययन गरिरहेकी काव्य आचार्यका अलावा उक्त पाठशालामा अध्ययन गरिरहेका नारायण आचार्य, मिलन र युनिक केसीको संयुक्त पहलमा तबला सेन्टर खोलेका हुन् । श्री संगीत पाठशलाको मातहतमै रहने गरी गुरु चण्डीप्रसाद काफ्लेको सल्लाहबमोजिम तबला प्रशिक्षण दिनका लागि उक्त इन्स्टिच्यूट खोलिएको हो । डिल्लीबजारस्थित कालिकास्थान जाने बाटोमा रहेको उक्त तबला सेन्टरमा अनन्त शिवकोटी र ठाकुर प्रसाद छत्कुलीले तबलाको प्रशिक्षण दिने भएका छन् । गुरुपूर्णिमाको अवसर पारेर उद्घाटन गरिएको उक्त तबला सेन्टरमा विशेष छुटका साथ प्रशिक्षण दिइने बताइएको छ । उद्घाटन समारोहमा गायक शिव परियार र रेखा शाह उपस्थिति भएका थिए भने चण्डीप्रसाद काफेलेको विशेषा आतिथ्यता रहेको थियो । त्यसैगरी गुरुपूर्णिमाकै अवसर पारेर श्री संगीत विद्यालय कालिकास्थानमा पनि विशेष कार्यक्रमको आयोजना गरिएको थियो । संगीत गुरु चण्डीप्रसाद काफ्लेका विद्यार्थीहरुले उनलाई गुरुपूर्णिमाका अवसरमा विभिन्न कार्यक्रमका साथ सम्मान गरेका थिए ।

SAMSUNG DIGITAL CAMERA

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु