गोविन्दप्रसाद र स्मिताको होल नाइट

म्यूजिक खबर
प्रकाशित: ७ बैशाख २०७४, बिहीबार

बैशाख ७, काठमाडौ । होल नाइट भनेपछि आफैंमा खतराको सूचिमा पर्छ । त्यसमाथि पनि गोविन्दप्रसाद उपाध्याय र स्मिता घिमिरेको होल नाइटमा के के भयो के के ? सबैको मन खल्बल्याइदिने गरेर आक्रमक बनेका गोविन्दप्रसाद उपाध्यायले स्मितासँगको भेटमा ‘होल नाइट’ पो गरेछन् ।

ashishma nakarmi
गीतकार उपाध्याइको शब्दमा गायिका स्मिताले आक्रमक शैलीमा आफ्नो प्रस्तुति दिएपछि यतिबेला बजारमा होल नाइटको चर्चा बढेको छ ।
विल्कुलै नौलो पप र ¥याप स्टाइलको म्यूजिक भिडियो भएकोले असाध्यै तगडा भिडियो बनेको दाबी गर्छछन् गीतकार उपाध्याय । भिडियोको दृष्यपान गर्ने वित्तिकै दर्शक श्रोताहरु नै जुरुक–जुरुक उफार्ने पाराको भिडियो निर्माण भएको छ, उपाध्यायले भने । यसको गीतको संगीत भने अनिश श्रेष्ठको रहेको छ।

आधुनिकता कै झल्को ‘होल नाइट डान्स’ म्यूजिक भिडियोमा नायिका अशिष्मा नकर्मी र अनु शाहले इमोश्नल प्रस्तुति दिएका छन् ।
प्रविण श्रेष्ठद्वारा सम्पादित भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन रहेको छ भने भिडियोलाई पासाङ योञ्जन लामाले निर्देशन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु