चर्चामा म त हजुर मलेसियामा…

म्यूजिक खबर
प्रकाशित: १९ चैत्र २०७०, बुधबार

काठमाडौं, १९ । यतिखेर सुमन बैरागीको शब्द, दीपक शर्माको संगीत र कृष्ण काफ्लेको स्वरमा सजिएको गीत म त हजुर मलेसियामा चर्चाको शिखरमा पुगेको छ । परदेशिएका नेपालीहरुको लागि लक्षित गर्दै उनीहरुकै सपनामा केन्द्रित रहेर बनाइएको यो गीतले यतिखेर RBT डाउनलोडमा आफ्नो अग्रस्थान जमाउन सफल भएको छ । गत दसैंताका तयार पारिएको गीत म त हजुर मलेसियामा सात समुन्द्र पारी, तिमीलाई सम्झी ल्याउँदा मन हुन्छ भारी बोलको गीतले चर्चा पाउनुमा मलेसियालाई नै सम्बोधन गरिएर त्यहाँ रहेका नेपालीहरुकै मर्मलाई उतारिउको हुँदा नेपालीहरुमाझ चर्चायोग्य बनेको हो । त्यसो त उक्त गीतको अर्को अन्तरामा पनि म त हजुर खाडी मुलुकमा विरानो परदेशी राखिएको छ । उक्त गीतले पनि खाडीमा रहेका नेपालीहरुलाई लक्षित गरेकै कारण चर्चा पाइरहेको छ । म त हजुर मलेसियामा 1605100 digi, 340780 maxis, 505988 U mobile कोडहरु यतिखेर मलेसियामा धेरै डाउनलोड भइरहेको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु