चलचित्र मट्टीमालाको ट्रेलर सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ३ जेष्ठ २०७५, बिहीबार

३ जेष्ठ, काठमाडौं । राजधानीमा एक कार्यक्रमको आयोजना चलचित्र ‘मट्टीमाला’ले ट्रेलर सार्वजनिक गरेको छ। पौरखी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको बुधबार एक पत्रकार सम्मेलन गर्दै ट्रेलर सार्वजनिक गरिएको हो।

सि–माला अथार्त माटो भित्र पाइने एक बहुमुल्य धातुसँग जोडिएको सामाजिक, पारिवारिक कथावस्तुमा निमार्ण भएको फिल्म यहीँ जेष्ठ २५ बाट नेपालभर एकसाथ प्रदर्शनमा आउने छ।

पृथ्वी राईको निर्माण, टेको पौरखी राईको लेखन तथा निर्देशनमा निमार्ण भएको फिल्ममा प्रियंका कार्की, शिशिर राणा, बुद्धी तामाङ, रजनी गुरुङ ९मंगली०, चिरन राई, पृथ्वी राई, अरुणा कार्की लगायत कलाकारहरुको अभिनय रहेको छ।


फिल्ममा सुमन राईको संगीत, जानु काम्बाङ, रोशन भट्टराई, साङ्गे ब्लोन तामाङ्गको शब्द रहेको छ। त्यसैगरि विक्रम राई, सुन्दर लामा, सुमन राई, आनन्द राई, चन्द्र लामा, वविन किराँती, अमृता लिम्बु र संगीता थापाको स्वर सुन्न सकिने छ।

कविराज गहतराज, राजेश पुमा राई र दिपेन्द्र शाही ठकुरीको कोरियोग्राफी रहेको फिल्ममा अनिल कुमार महर्जनको सम्पादन र राहुल राईको छाया‌कन रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु