चुनावी सरगर्मीमा पशुपती र मञ्जुले ल्याए जनताको साझा चुनावी गीत

म्यूजिक खबर
प्रकाशित: १ मंसिर २०७४, शुक्रबार

मङ्सिर १, काठमाडौं । मुलुकमा प्रतिनिधी सभा र प्रदेश सभाको चुनाव नजिकिंदै जाँदा धेरै कलाकारहरु समेत विभिन्न पार्टी तथा नेतासँग नजिकिएको पाउँछौं । कतिपय गायक गायिकाहरु विभिन्न पार्टीका गीत गाउँनमा व्यस्त छन् । तर लोकप्रिय गायक पशुपति शर्मा र गायिका मञ्जु पौडेल भने यो चुनावमा जनचेतना जगाउन, नेता र पार्टीलाई भन्दापनि जनतालाई जिताउन घरदैलो गरेका छन् ।

चेतनामुलक गीतमार्फत उनीहरू जनता जगाउन, राम्रो मान्छेले चुनाव जित्दा देशले जित्ने सन्देश दिन यो अभियानमा होमिएका हुन् । चुनावको मुखैमा निकालिएको यो गीतमा अब नेपालीको जीवन रोएर हैन हाँसेर बित्नुपर्ने र हाँसेर जीवन बित्नलाई जनताले नै जित्नुपर्ने बताइएको छ ।

पशुपति शर्माको सब्दसंगीतमा तयार पारिएको उक्त गीतमा पशुपति शर्मा र मञ्जु पौडेलले स्वरबद्व गरेका छन् भने दुर्गा पौडेलले छायाङ्कन गरेका छन्, बिएमएस फिल्म्सले बजारीकरण गरेको यो गीतमा गायक गायिका स्वयम्ले अभिनय पनि गरेका छन् ।
भिडियो हेरौं :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु