चैतमा मिस मंगोल

म्यूजिक खबर
प्रकाशित: २४ माघ २०७०, शुक्रबार

काठमाडौं, २४ माघ । मिस मंगोल नेपालको छैटौ संस्करण चैतमा हुने भएको छ । आयोजक संस्था एक्शन इन्टरटेनमेन्टले बुधबार प्रेसविज्ञप्ति जारी गरि छैटौ संस्करणका लागि आवेदन खुला गरिएको जनाएको छ ।
आयाजकका अनुसार १६ देखि २४ वर्ष उमेरसमूहका, कम्तीमा एसएलसी उतिर्ण पाँच फिटभन्दा बढी उचाई भएका मंगोल समुदायका अविवाहित युवतीले प्रतियोगीतामा भाग लिन पाउने छन् ।
नेपाली सौन्दर्य प्रतियोगीतामा सबैभन्दा बढी एक लाख रुपैयाँ पुरस्कार राशी रहेको ‘मिस मंगोल नेपाल’लाई सुन्दरता, बौद्धिकता र संस्कृतिको फ्युजनका रुपमा लिइएको छ ।
सहभागिताका लागि आवेदन दिनमध्ये पहिलो चरणको छनोट उतिर्ण गर्ने युवतीलाई अन्तिम प्रतिष्पर्धामा सहभागी गराइने छ । प्रतियोगीलाई एक महिने प्रशिक्षणका क्रममा प्रतिभा प्रस्फुटन, आत्माविश्वासमा अभिवृद्धि, आफुमा भएको क्षमता प्रदर्शनदेखी आफ्नो मौलिक कला, संस्कृति, भाषा, भेषभुषालगायत जानकारीमुलक कक्षा दिइने छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु