चैत ७ मा फिटकिरी

म्यूजिक खबर
प्रकाशित: ९ माघ २०७०, बिहीबार

काठमाडौं, ९ । चलचित्र फिटकिरी आगामी चैत ७ गते रिलिज गर्ने उद्देश्यका साथ प्रोमो सार्वजनिक गर्नका निमित्त एक प्रेस भेटघाटको आयोजना गरेको छ । मेघा इन्टरटेनमेन्ट प्रालिको पहिलो प्रस्तुतिका रूपमा निर्माण गरिएको चलचित्र फिटकिरीले प्रेस भेटघाटमा पोस्टर, प्रोमो र गीत सार्वजनिक गरेको थियो । यसअघि द युगदेखि युगसम्म, चपली हाइट जस्ता चलचित्रको निर्माण गरेका अर्जुनकुमारले नयाँ चलचित्र फिकिरीको निर्माण गरेका छन् । यसपटक फिटकिरी भने उनले सुमित मैनालीसँग मिलेर निर्माण गरेका हुन् । फिटिकिरीमा काठमाडौं शहरको केही भिन्न आर्थिक, सामाजक पृष्ठभूमिका चरित्रहरूले भोग्ने जीवनका अनेक रङ्ग दर्शाउने प्रयास गरेका निर्माण युनिटले बताएका छन् । नेपाल खासै धेरै चलचित्र नबनेको जनरा थ्रिलर निर्माण गरी नेपालमा नै पहिलो प्रयास गरेका बताउँदै चलचित्रलाई बढी भन्दा बढी यथार्थपरक देखाउन वास्तविक लोकेशनमा छायाँकन गरिएका पनि युनिटले बताएका छन् ।
नेपाली नाटकका स्थापित निर्देशक एवं अभिनेता अनुप बरालको निर्देशनमा बनेका चलचित्र फिटकिरीमा सौगात मल्ल, दिया मास्केको प्रमुख भूमिका रहेका छ । यस चलचित्रमा चलचित्र लुटका निर्देशक निश्चल बस्नेत पनि कलाकारका पमा देखिने छन् । त्यस्तै चलचित्रमा शान्ति गिरी, लक्ष्मी गिरी, धिरेन्द्र प्रेमर्षी, रमेश रन्जन झा, पुनेन्द्र झा, विक्रम परियार र सुजाता कोइरालाको पनि अभिनय देख्न पाइनेछ ।
पुरानो घर पुरानी बुढी अनि कहाँबाट आउँछ नयाँ आइडिया यो डाइलग चलचित्रका प्रोमो सर्वाजनिकसँगै चर्चामा आएको छ । यस चलचित्रको लेखन यज्ञश हुन् भने पुरूषोत्तम प्रधानले यस चलचित्रलाई खिचेका हुन् । अर्जुन कुमार र गिरिशको संगीत रहेका चलचित्रको पोष्ट प्रोडक्सनका कार्य भने अश्लेसा इन्टरटेनमेन्टले गरेको हो भने बुद्धिलाल मगरको पोष्ट प्रोडक्सन रहेको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु