छोरीको सुसारमा सम्झना

म्यूजिक खबर
प्रकाशित: १३ भाद्र २०७०, बिहीबार

लोकदोहोरी गीतकी चर्चित मोडल सम्झना बुढाथोकी अचेल दोहोरीका भिडियोमा त्यति देखिन्नन् । उनले अभिनय गरे पनि पहिला जस्तो बजार गर्माउने चर्चा हुँदैन । यतिबेला उनी छोरी ‘स्याहारिरहेकी’ छिन् । उनलाई छोरी स्याहार्न मोडल विजय थापाले सघाइरहेका छन् । सहकार्यमा डान्स सेन्टर चलाइरहेका उनीहरूले गुपचुपमै सन्तान पो जन्माएकी भन्ने अनुमान लगाइरहनुभएको छ भने त्यो गलत हुनेछ ।  तस्बिर हेर्दा आफ्नै सन्तान स्याहारिरहेको जस्तो देखिए पनि तीजको गीत ‘मेरो त घरमा लक्ष्मीको बास’ भन्ने गीतमा मोडलिङ गरेका हुन् उनीहरूले । छोरालाई महत्व दिने समाजमा छोरी भनेकी लक्ष्मी हो भन्ने सन्देश बोकेको तीजे गीतमा उनीहरूले नाचेका हुन् । यो तीजमा पाँच वटा भिडियोमा सम्झना र विजयले सहकार्य गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु