‘जीवनयात्रा’ लिएर आए अर्जुन

म्यूजिक खबर
प्रकाशित: ७ आश्विन २०७०, सोमबार

२०७०, आश्विन १, म्यूजिकखबर
गीतकार अर्जुन दुङ्मेनको गीति एल्बम ‘जीवनयात्रा’ लिएर आएका छन् । राजधानीमा एक कार्यक्रमकाबीच कवि÷गीतकार एवम् नेपाल सरकार महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव दिनेश अधिकारीले ‘जीवनयात्रा’को सार्वजनिक गरेका हुन् ।
जीवनयात्रामा नौ वटा गीतहरु सङ्ग्रहित छन् । एल्बममा डम्बर विकेल, मनोज साङ्सोन, स्वरुपराज आचार्य, उदय÷मनिला सोताङ, सुरेशकुमार, राजेशपायल राई, भीषण मुकारुङ, विक्रम राई र अञ्जु पन्तको स्वर रहेको छ । मनोज साङ्सोनले सङ्गीत भरेको एल्बमका सबै गीत अर्जुन दुङ्मेनले लेखेका हुन् ।
कार्यक्रममा संगीतकार बुलु मुकारुङ, गीतकार नवराज लम्साल र साहित्यकार शशी लुमुम्बुले विमोचित एल्मबको समीक्षात्मक टिप्पणी गरेका थिए । नेपाली वाङ्मय परिषद्को आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा जीवनयात्राका ४ वटा म्यूजिक भिडियो समेत देखाइएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु