जे गर्दा नि मिल्दैन भनेः टाढा भएकै राम्रो

म्यूजिक खबर
प्रकाशित: ९ चैत्र २०७३, बुधबार

चैत ९, काठमाण्डौ । ‘जे गर्दा नि मिल्ने भने मन हाम्रो किन बस्नु प¥यो र सँगसँगै टाढा भाकै राम्रो’ गीतकार लोकराज अधिकारीको एकल गीति संग्रह दरारमा रहेको टाढा भाकै राम्रो बोलको गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ । अधिकारीको शब्द प्रमोद खरेलको स्वर र सुरेश अधिकारीको संगीतमा रहेको गीतको म्यूजिक भिडियो गायक खरेलको अफिसियल च्यानलबाट सार्बजनिक गरिएको हो ।

dilip_rayamajhi

भिडियोलाई प्रशन्न पौडेलले निर्देशन गरेका हुन । अमेरिकामा छायाँङन गरिएको गीतमा नायक दिलीप रायमाझी सहित समिर र बबिताको अभिनय रहेको छ । भिडियो लाई टेकेन्द्र शाहले सम्पादन गरेका छन । गीतकार अधिकारीले यहि गीतबाट गत बर्षको म्यूजिक खवर म्यूजिक अवार्डमा उत्कृष्ट गीतकारको अवार्ड चुमेका थिए ।

भिडियो सार्बजनिक भए पछि सामाजिक सञ्जालमा असाध्यै धेरै सकारात्मक प्रतिकृया आइरहेको गायक खरेलले बताएका छन । संगीतकार सुरेश अधिकारीले यो गीत आफूलाई असाध्यै मन परेको गीत भन्दै म्युजिक भिडियो पनि कथा अनुसारकै बनेको प्रतिकृया दिएका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु