टिका पुनले खगेन्द्रलाई ‘बाचा कसम’ तोडेपछि हंगामा (भिडियो हेर्नुहोस्)

म्यूजिक खबर
प्रकाशित: ५ चैत्र २०७४, सोमबार

५ चैत्र, काठमान्डौं । गायक खगेन्द्र पाइजा र गायिका टिका पुनबीचको बाचा कसम तोडेपछि हंगामा भएको छ । नेपाली सागितिक क्षेत्रमा नेपाली कलालाई सम्मान गर्दै आएको देवी म्युजिक सोलुसनको प्रस्तुतीमा रहेको बाचा कसम बजारमा आएपछि हंगामा भएको हो ।

मायालु प्रेमी प्रेमीकाले मायामा विश्वास घात गरेर अर्कैको आँगनीमा जादाँको पिडालाई गीत मार्फत मार्मिक रुपमा समेटिएको छ । अमर रोका मगरको शब्द तथा संगितमा तयार पारिएको भिडियो निकै मार्मिक र कारुणिक प्रकारको रहेको छ । बाचा कसम तोडेर पराईको भएको आफना प्रेमीको सम्झनामा आखाँभरी आशुँको भेल नसुकेको गायिकाले गीतमा भनेकी छन । । बैसको आवेगमा परेमा परेका मायालु जोडिलाई गितमा मार्फत दयाको भावहरु गीतमा समेटिएको छ । भिडियोलाई निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने छायांकन सागर गौत्तमले गरेका छन । अविनास डिसीले भिडियोलाई सम्पादन गरेका छन । भिडियोमा चर्चित मोडल विष्णु विक र रमिला आचार्यले अभिनय गरेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु