टीका र रामजी उत्कृष्ट गायक गायिका

म्यूजिक खबर
प्रकाशित: ८ श्रावण २०७४, आईतवार

” अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहान ” भन्ने मुल नारा सहित राष्ट्रिय  लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिले बार्षिक रुपमा आयोजना गर्दै आएको राष्ट्रिय  लोक दोहोरी अवार्ड यस पाली पनि भब्य र सभ्य रुपमा सम्पन्न भएको  छ । पृथ्बी ईन्टरटेनमेन्ट मुख्य प्रायोजक रहेको ” पृथ्बी पाँचौ राष्ट्रिय  लोक दोहोरी अवार्ड २०७४ ” का प्रमुख अतिथि नेपाल सरकारका गृहमन्त्री जनार्धन शर्मा (प्रभाकर ) ले लोक दोहोरी गीत नेपाल र नेपालीको मात्रै भएको दाबि गर्दै बौद्धिक सम्पत्तिको चोरीलाई नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानले शनिबार आयोजना गरेको ‘पृथ्वी पाँचौँ राष्ट्रिय लोकदोहोरी अवार्ड’ को शुभारम्भ गर्दै मन्त्री शर्माले कला, गीत तथा लोकदोहोरीलगायत बौद्धिक सिर्जनामा भ्रष्टाचार गर्ने तथा त्यसको विकासमा अवरोध पु¥याउने व्यक्ति वा संस्थालाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।

lok dohori award

शर्माकै हात बाट बिभिन्न व्यक्तिहरुलाई  सम्मान गरिएको थियो ।आईफ टायम अचिभमेन्ट अवार्ड बरिष्ठ देउडा गायक नन्द कृष्ण जोशी र दशक भन्दा बढी समयदेखि  नेपालि गीत संगीतमा कलम चलाउदै आएका  बरिष्ठ सर्जक राजकुमार बगरलाई दशकको श्रष्टा सम्मान बाट साम्मान गरिएको थियो । ” साइला दाई कहा गयो ” गीतलाई सदाबहार लोक गीतको लागि सम्मान गरिएको थियो भने नेपालको सामाजिक कार्यमा ठुलो योगदान पुर्याएको भन्दै चर्चित हास्य कलाकार सिताराम कत्तेल धुर्मुसलाई पनि गृहमन्त्री शर्माको हात बाट सम्मान गरिएको थियो भने पत्रकारिता पुरुस्कार बाट सुमन बैरागी सम्मानित भएको थियो । लामो समयदेखि सहायक नृत्य गर्दै आएका इन्दिरा  श्रेष्ठलाई कोरस नृत्यन्गना बाट सम्मानित गरिएको थियो ।

ramjee khand

प्रकाश सपुत , प्रिती आले र शान्ति श्री परियारको  संचालनमा रहेको कार्यक्रममा बिभिन्न समितिको कलाकाहरुको प्रस्तुति संगै चर्चित कलाकारहरुको प्रस्तुति रहेको थियो ।  अवार्ड भव्यताका साथ सम्पन्न पार्नमा सहयोग पुर्याउने सबै सम्पूर्ण समितिहरु र सहयोगी हातहरूलाई समारोह संयोजक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिका वर्तमान अध्यक्ष पिएन सापकोटाले धन्यवाद दिएका थिए ।

अवार्ड बिजेताहरु 

उत्कृष्ट गायक – रामजी खांड

उत्कृष्ट गायिका – टिका पुन

उत्कृष्ट अभिनय ( पुरुष ) – महेन्द्र गौतम

उत्कृष्ट अभिनय ( महिला ) – मंजिता के सी

उत्कृष्ट अभिनय नृत्य ( पुरुष ) – शंकर बी सी

उत्कृष्ट अभिनय नृत्य ( महिला) – रश्मि तामाङ

उत्कृष्ट म्युजिक भिडियो निर्देशक – बब्बु थापा

उत्कृष्ट नब गायक – गंगा पुन

उत्कृष्ट नब गायिका – भूमिका गिरी

उत्कृष्ट लय – बशन्त थापा

उत्कृष्ट शब्द – घनश्याम रिजाल

उत्कृष्ट प्रतियोगी गायक – रबिन लामिछाने

उत्कृष्ट प्रतियोगी गायिका – शोभा कार्की

उत्कृष्ट संगीत संयोजन – बिनोद बाजुराली

उत्कृष्ट धव्नी मिश्रण – खडग बाजुराली

उत्कृष्ट रेकर्डीष्ट – मान बहादुर बराल

उत्कृष्ट दोहोरी साझ गायक – प्रेम अर्याल

उत्कृष्ट दोहोरी साझ गायिका – सरिता खाडाल

उत्कृष्ट बाध्यबादक – इश्वोरी प्रसाद भुसाल

उत्कृष्ट राष्ट्रीय भाबको गीत – राजन कार्की

उत्कृष्ट लोक गीत – मौसम गुरुङ

उत्कृष्ट म्युजिक भिडियो छायांकन – कारण चैसिर

उत्कृष्ट म्युजिक भिडियो सम्पादन – प्रविन भट्ट

उत्कृष्ट परमपरागत गीत – प्रसाद खप्तरी मगर

पब्लिक च्वाईस अवार्ड – राजन गुरुङ

जुरी अवार्ड – कृष्ण रेउले

एस एम एस अवार्ड – कोपिला गुरुङ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु