डब्बु र एलनलाई पत्रकारिता, नीता र सुशान्तलाई चलचित्र सम्मान

म्यूजिक खबर
प्रकाशित: २२ बैशाख २०७५, शनिबार

२२ बैशाख, हेटौंडा । आगामी जेष्ठ ७ गते चलचित्र पत्रकारिता दिबसको अवसर पारेर चलचित्र पत्रकार संघ मकवानपुरले पत्रकार डब्बु क्षेत्री र रामकुमार एलनलाई सम्मान गर्ने भएको छ । शुक्रबार हेटौडामा पत्रकार सम्मेलनको आयोजना गरी चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणीराज गौतमले हरेक वर्षको जेष्ठ ७ गते चलचित्र पत्रकारिता दिबस मनाउदै आएको संघले यस वर्ष चलचित्र क्षेत्रमा कलम चलाउदै आएका २ पत्रकार र मकवानपुरका २ कलाकारलाई सम्मान गर्न लागेको बताए ।

छैठौँ पटक प्रदान गर्न लागिएको चलचित्र पत्रकारिता पुरस्कारबाट जनता टेलिभिजनका रामकुमार एलनलाई नगद ५ हजार सहित र दोश्रो पटक प्रदान गर्न लागिएको राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७५ बाट राजधानी दैनिकमा कार्यरत डब्बु क्षत्रीलाई नगद ११ हजार १ सय ११ रुपैयासहित सम्मान गरिन लागिएकोे गौतमले जानकारी दिए ।
सोही कार्यक्रममा चलचित्र कलाकारिता सम्मानबाट नायिका निता ढुंगाना र कलाकार शुसान्त श्रेष्ठलाई सम्मान गरिने गौतमले बताए । जेष्ठ ७ गते हेटौडा रिसोर्टमा हुने कार्यक्रममा दाङ, पोखरा, बुटवल, चितवन र काठमाण्डौका चलचित्र पत्रकारहरुको पनि सहभागीता रहने गौतमले बताए ।

 

कार्यक्रममा संघका उपाध्यक्ष प्रकाश दाहाल ,पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य प्रताप विष्ट, पुर्ब अध्यक्ष राममणि दाहाल, संघका सचिव श्रीराम दाहाल, कोषाध्यक्ष कपिल खड्का लगायत पत्रकारहरुको उपस्थिति थियो । चलचित्र पत्रकार संघले मकवानपुरमा बिभिन्न गत्तिबिधिहरु संचालन गर्दै आएको छ । अघिल्लो बर्ष बरिष्ठ पत्रकार शान्तिप्रिय र कलाकार भोलाराज सापकोटालाई पुरुस्कार सम्मान प्रदान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु