‘डि मोर्चा ब्याण्ड’को ‘दशैँ आयो’ बजारमा (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ६ आश्विन २०७४, शुक्रबार

काठमाडौं– चर्चित ब्याण्ड डि मोर्चाको दशैँ गीत बजारमा आएको छ । पछिल्लो समय फरक शैली र स्वादको गीत दर्शक श्रोतामाझ ल्याएर निकै लोकप्रियता कमाएको उक्त ब्याण्डले ‘दशैँ आयो’ बोलको गीत बजारमा ल्याएको हो ।
झ्म्मै चौतारी र झ्म्म झ्म्म गीतको सफलतापछि सो ब्याण्डको यो दशैँ गीत सार्वजनिक भएको छ । भाष्करध्वज श्रेष्ठ मुख्य भोकलिष्ट रहेको उक्त ब्याण्डका प्रज्वल बिकले ड्रममा साथ दिएका छन् भने बेस गीतारमा वीरेन पुन र गीतारमा सञ्जय नेपालको साथ रहेको छ ।
पोखराको मनोरम स्थानमा बुद्ध थापाले खिचेको उक्त गीतको निर्देशन सञ्जय बरालले गरेका छन् भने राजिब समरको कोरियोग्राफी रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु