ताराको तारा विमोचन । अतिथि कुराउनु कति जायज

म्यूजिक खबर
प्रकाशित: २९ चैत्र २०७०, शनिबार

काठमाडौं, २९ चैत । गायिका तारा थापाले आफ्नो स्वरमा सजिएको नयाँ एल्बम ताराको सार्वजनिक गरेकी छिन् । म्यूजिक नेपालले बजारमा ल्याएको तारा एल्बम विमोचन समारोहमा अतिथिका रुपमा वरिष्ठ गीतकार कालिप्रसाद रिजाल, किरण खरेल, गायक प्रेमध्वज प्रधान, भैरवबहादुर थापाको उपस्थिति भएको एक घन्टापछि मात्रै एल्बम विमोचनको निम्तो दिएकी स्रष्टा गायिका तारा थापाको आगमन भएको थियो । सर्वनाम थिएटरमा भएको विमोचन समारोहमा गायिका थापाले सबैलाई ठीक तीन बजेको निम्तो दिएकी थिइन् तर उनी आफू भने अतिथिलाई कुराउँदै कार्यक्रममा एक घन्टा ढिला उपस्थिति भएकी थिइन् ।
कार्यक्रममा गायिका तारा थापाले तीनवटा गीत गाएर सुनाएकी थिइन् । उनको तारा एल्बममा राजेन्द्र थापा, दिनेश अधिकारी, कालिप्रसाद रिजाल, दुर्गालाल श्रेष्ठलगायतको शब्द रहेको छ । जसमा मधुकर लोहनीको संगीत रहेको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु