तिम्ले बाटो फे¥यौले पायो करोडको खुशी

म्यूजिक खबर
प्रकाशित: २ जेष्ठ २०७५, बुधबार

२ जेष्ठ, काठमाडौं । गीतकार दर्पण राईको ‘तिम्ले बाटो फेरेऊ अरे’ गीतले भिडियोविनै एक करोड बढी दर्शक तथा श्रोता पाएको छ । हो, ‘तिम्ले बाटो फेरेऊ अरे’को यु–ट्युबमा एक करोड बभ्युअर्स । म्युजिक भिडियोको जमानालाई चनौती दिँदै आफ्नो गीतले करोड बढी भ्युअर्स पाएको अवसरमा मोडल तथा भिडियो निर्देशकसमेत रहेका दर्पणले केक काटेर खुुशी बाँडेका छन् ।

मंगलबार राजधानीमा गीतमा सम्बन्धित कलाकार तथा पत्रकारको भेला गरी उनले खुशी बाँडेका हुन् । खुशी बाँड्दै दर्पणले भने, ‘यसरी नै यहाँहरुले माया गरिदिनुहुन्छ भन्ने अपेक्षा गरेको छु । यहाँहरुकै माया र हौसलाले मलाई गीतिकारितामा थप प्रेरणा मिल्नेछ ।’
कार्यक्रममा गीतकार दर्पणलगायत राजेशपायल र गायिका मेलिना राईले केक काटेर सेलिब्रेसन गरेका थिए । कार्यक्रममा राजेशपायलले सम्पूर्ण दर्शक तथा श्रोतालाई धन्यबाद दिएका थिए भने गायिका मेलिनाले उक्त गीतबाट पाएको मायाप्रति खुशी व्यक्त गर्दै आफुलाई निकै भाग्यमानी बताएकी थिइन् ।


अर्जिनल भिडियोविनै ‘तिम्ले बाटो फेरेऊ अरे’ पछिल्लो वर्ष सर्वाधिक चर्चामा रहेको गीत हो । यस गीतलाई ती वटा भर्सनमा रेर्कड गरिएको छ । मेल भर्सनमा मेगास्टार राजेशपायल राईले गाएका छन् भने फिमेलमा पछिल्लो समयकी चर्चित गायिका मेलिना राईले गाएकी छन् । टंक बुढाथोकीले संगीत गरेको यस गीतलाई चाइल्ड भर्सनमा जिग्मे छ्योकी घिसिङले गाएकी छन् । गीतकार दर्पणको ‘तिम्ले बाटो फेरेऊ अरे’ पहिलो गीत हो । त्यसपछि उनले ‘तिमिलाई मनपराउनु’, ‘बेबी आईलभ यू’ जस्ता चर्चित गीतहरु लेखिसकेका छन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु