तीजका लागि कमलले सृजनालाई ९० हजारको सपिङ गरेपछि………

म्यूजिक खबर
प्रकाशित: ५ श्रावण २०७४, बिहीबार

kamal00001

काठमाडौं– पछिल्लो समय निकै ब्यस्त बन्दै आएका मोडल कमल बुढाथोकीले अर्की ब्यस्त मोडल सृजनालाई ९० हजारको सपिङ गरिदिएका छन् । कमलले सृजनालाई तीजकान लागि यती धेरै रकमको सपिङ गरिदिएका हुन् । उनले सृजनालाई शिरदेखि पाउसम्म ढाक्ने गरि सपिङ गरिदिएका छन् ।

यो सबै हामीले एक तीज म्युजिक भिडियोमा देख्न सकिन्छ ।  जुन सपिङ ‘जम्मा सपिङ ९० हजारको’ बोलको गीतमा रहेको छ । चित्र अबिरल श्रीपालीको शब्द रहेको ‘जम्मा सपिङ ९० हजारको’ गीतलाई समुन्द्र गिरीले संगीत भरेका छन् । जसमा गीतकार श्रीपालीको साथमा गौरि बस्नेतले मिठो स्वर दिएकी छन् ।

रेनुका डिजिटल प्रालिको प्रस्तुती रहेको सपिङलाई योगन्द्र सराले निर्देशन गरेका छन् । जसलाई खुमबहादुर सुनुवारले छायांकन गरेका छन् भने सुनुवार र प्रेम चौधरिले संयुक्त रुपमा सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु