तेश्रो म्यूजिक भिडियो अवार्डमा अर्जुन र जुना उत्कृष्ट !

म्यूजिक खबर
प्रकाशित: ३ असार २०७५, आईतवार

३ असार, काठमाडौं । मलेसियामा आयोजना भएको ‘तेश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’मा मोडल पल शाह र आँचल शर्मा ‘पप गीत’ तर्फको म्यूजिक भिडियोबाट उत्कृष्ट मोडल भएका छन् । शनिबार मलेसियामा आयोजना भएको अवार्डमा लोक, पप र आधुनिक विधामा अवार्ड प्रदान गरिएको थियो ।
अवार्ड समारोहमा वरिष्ठ पत्रकार शान्तिप्रियलाई चलचित्र पत्रकारिता सम्मानबाट सम्मानित गरिएको छ ।

संगिक्षा फिल्मस्को आयोजनामा भएको अवार्डमा नेपालबाट ६० बढी कलाकार मलेसियामा पुगेका छन् । अगाडिका २ सिजन यूएइको अवुधावीमा आयोजना गरेको संगिक्षा फिल्मस्ले यसपटक मलेसियालाई रोजेको हो । नेपालबाट गएका कलाकारको मनोरञ्जनात्मक प्रस्तुतीले दर्शकलाई मनोरञ्जन दिएको थियो । विभिन्न विधामा अवार्ड प्राप्त गर्ने कलाकर्मीको नाम यसप्रकार छःराष्ट्रिय भावनाले अभिप्रेरित गीत
जय नेपाल – शिवजी लामिछाने (सिवाज)

नव गायन प्रतिभा
सेल्फी क्विन – रविना थापा

पप गीत समुह
गीतकार
सु–स्वागतम – नरेश भट्टराई

गायन पुरुष
सु–स्वगतम – अनिल सिंह

गायन महिला
डम्फु – मिङ्स लामा

आधुनिक पप गायन
दिलप्यासी– अर्जुन सुनाम

छायाँकार
दिलको भितैमा – रामेश्वर कार्की

सम्पादक
सेल्फी क्विन – भरत रेग्मी

मोडल पुरुष
जानी नजानी मायामा – पल शाह

मोडल महिला
जानी नजानी मायामा – आँचल शर्मा

भिडियो निर्देशक
मुखौटा – निकेश खड्का

आधुनिक गीत समुह

गीतकार
मेरो प्राण तिमि नै – होम न्यौपाने

संगीतकार
पहिलो भेटैमा – दीपक भट्टराई

गायन पुरुष
तर्की तर्की – नारायण धिताल

गायिन महिला
ताराबाजी लै लै – जुना प्रसाई

सम्पादक
तर्की तर्की – निशान घिमिरे

छायाँकार
तर्की तर्की – सुदिप बराल

मोडल पुरुष
मेरो प्राण तिमि नै – दृश्य सुवेदी

मोडल महिला
छोरी अन्माउँदा – वर्षा शिवाकोटी

निर्देशक
पुर्णिमाको रात मेरो – आदित्य बुढाथोकी

लोक गीत
गायन पुरुष
आधा गाग्री पानी – डिबी लोप्चन

गायन महिला
सरर प्लेनमा – अमृता लुंगेली मगर

मोडल पुरुष
सरर प्लेनमा – संजिव ठकुरी

मोडल महिला
शिर शिर बतासैले – सुष्मा अधिकारी

सम्पादक
बिउ खायो किरैले – मिलन बिक

छायाँकार
बिउ खायो किरैले – बासु बराल

निर्देशक
माछी कहाँ छ – मिलन श्रेष्ठ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु