दयाहाङ्गकी सोल्टीनीमाथी विजयको नजर (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २८ कार्तिक २०७४, मंगलवार
कार्तिक २७, काठमाडौं । गायक विजय रुम्बा लामाको नयाँ गीत ‘सिन्की को अचार’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा नायिका रिश्मा गुरुङ्ले अभिनय गरेकी छिन् । साथमा गायक रुम्बा आँफैले पनि अभिनय गरेका छन् ।
चलचित्र ‘कबड्डी’मा अभिनेता दयाहाङ्ग राईसँग सोल्टीनीको भूमिकामा अभिनय गरेर एकाएक चर्चामा आएकी रिश्मा लामो समयपछि भिडियोमा देखिएकी हुन् । विकास सुबेदीको निर्देशनमा बनेको भिडियोको छायांकन पर्यटकिय स्थान बन्दिपुरमा गरिएको हो ।
गीतमा डिपि खनालका शब्द तथा सुबाश भुषालको संगीत छ । गीतका एरेन्जर उदय राज पौडेल हुन् । अनिल कुमार मानन्धरले खिचेको यस भिडियोका सम्पादक शिलन लम्साल हुन् ।
भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु