दुखद खबर : चर्चित भारतीय नायिका श्रीदेवीको निधन !

म्यूजिक खबर
प्रकाशित: १३ फाल्गुन २०७४, आईतवार

फागुन १३, काठमाडौं । आज चर्चित भारतीय नायिका श्रीदेवी कपुरको निधनको अविश्वसनिय खबरले सिंगो बलिउड क्षेत्र स्तब्ध भएको छ । ५४ वर्षकै उमेरमा रुपकी रानी श्रीदेवीको दुबईमा निधन भएको छ । यो खबरले नेपालमा पनि मौनता छाएको छ । सोसल मिडियमा रुपकी रानी को उपाधी पाएकी श्रीदेवीलाई श्रदाञ्जली दिनेहरुको लहर नै छ ।

मिडियमामा आएको जानकारी अनुसार श्रीदेवी आफ्ना श्रीमान बोनी कपुर र कान्छी छोरी खुशी कपुरका साथ दुबईमा मोहित मारबाहको विवाह उत्सवमा सहभागी हुन गएकी थिइन् ।

यस दुखद खबरले बलिउड क्षेत्रमा नै शोकको लहर छाएको छ । थप दुखद त यो छ की यस दुखद खबरमा उनकी जेठी छोरी जाह्नवी कपूरले आफ्नी आमाको अन्तिम सासमा रहन पाइनन् । जाह्नवी मुंबई मै छिन् ।बलिउडका थुप्रै स्टार कलाकारहरु जाह्नवीलाई सपोर्ट गर्नका लागि उनको घर पुगेका छन् ।

श्रीदेवीले हिंदी फिल्ममा मात्र अभिनय गरेकी नभई, तेलगु, तमिल, कन्नड़ र मलयाली फिल्ममा पनि काम गरिसकेकी छिन् ।

श्रीदेवीले मिस्टर इण्डिया, चाँदनी, चालबाज र सदमा जस्ता व्यावसायिक रूपमा निकै सफलसहितका डेढ सयभन्दा बढी चलचित्रमा अभिनय गरेकी थिइन्।

बालकलाकार
पुरूष कलाकारको सहयोग विनै सफल चलचित्र दिने थोरै अभिनेत्रीहरूमा श्रीदेवीको नाम आउँछ। उनको जन्म सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा भएको थियो।

बालकलाकारको रूपमा उनले चार वर्षको उमेरमा एउटा तमिल चलचित्रबाट काम शुरू गरेकी थिइन्। सर्वाधिक अनुभवी अन्तरिक्षयात्रीको निधन बालकलाकारकै रूपमा उनले तेलुगु र मलयालम चलचित्रहरूमा पनि अभिनय गरेकी थिइन्। दक्षिण भारतीय चलचित्रहरूमा काम गरेपछि श्रीदेवीले सन् १९७९ मा मुख्य कलाकारका रूपमा बलिवूड चलचित्र ‘सोलहवा साल’ बाट अभिनय शुरू गरिन्।

सफल
सन् १९८० को दशकलाई अभिनेत्रीहरूको दृष्टिकोणले बलिवूडलाई श्रीदेवीको दशकको रूपमा व्याख्या गर्ने गरिन्थ्यो।उनलाई ‘लेडी अमिताभ बच्चन’ पनि भन्ने गरिन्थ्यो।

सन् १९९७ मा जुदाई नामक चलचित्रमा अभिनय गरेपछि १५ वर्षसम्म उनी चलचित्रमा देखिनन्।सन् २०१२ मा उनले इंग्लिश-विंग्लिश नामक चलचित्रमा अभिनय गरिन्। जुन व्यावसायिक रूपमा निकै सफल रह्यो।सन् २०१७ मा मम नामक उनको चलचित्र आएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु