दुर्गाको पछ्यौरी छोटो हुँदा प्रमोदको हंगामा

म्यूजिक खबर
प्रकाशित: ३० चैत्र २०७०, आईतवार

ओमन, ३० चैत । गायिका दुर्गा खरेल ओमनमा आइपुग्दा उनको पछ्यौरी छोटो भएछ । केटीको बस्त्रहरु छोटोदेखिपछि केटाहरुले हंगामा त मच्चाउने नै भए । यही भएर होला गायक प्रमोद खरेलले हंगामा मच्चाइहालेछन् ।
रविन शिल्पकारको निम्तोमा सगरमाथा समूहको आयोजनामा ओमनमा भएको न्यू इयर हंगामा २०१४ को रिलोडेड प्रोग्राममा गायिका दुर्गा खरेल र गायक प्रमोद खरेलको हंगामा भएको हो । गायिका दुर्गा खरेलले पछ्यौरी छोटो छ, सुन्छु तिमीले मलाई, रिमझिम रिमझ, छुट्छ की साथ जस्ता गीत गाएर ओमनमा रहेका नेपालीहरुलाई मनोरञ्जन प्रदान गरेकी थिइन् । त्यस्तै गायक प्रमोद खरेलले हंगामा, मेरो दिल छ पोखरामा, डुबायो पापी मायाले, हे माया, उसले जति माया मलाई जस्ता चर्चित गीतहरु गाएर ओमनमा रहेका प्रवासी नेपालीहरुमाझ नचाउन सफल भएका थिए ।
durka_pramod

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु