नयाँ बर्षमा दयाहाङ र प्रदीपको भिडन्त

म्यूजिक खबर
प्रकाशित: १ बैशाख २०७५, शनिबार

बैशाख १, काठमाडौँ । नयाँ बर्षमा दयाहाङ र प्रदीपको भिडन्त भएको छ । शुक्रबारबाट दुई नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका चलचित्र ‘लिलिबिली’ र ‘नेप्टे’ हुन् । शुक्रबार रिलिजको परम्परा धान्दै यी दुबै चलचित्र एकसाथ प्रदर्शनमा आएका हुन् । यी दुबै चलचित्र देशभर एकसाथ आएका हुन् । ‘लिलिबिली’ मिलन चाम्सको निर्देशनमा तयार भएको छ भने ‘नेप्टे’का निर्देशक देव कुमार श्रेष्ठ रहेका छन् ।

 

पछिल्लो समय राम्रो क्रेज भएका अभिनेता प्रदीप खड्का र नव अभिनेत्री जसिता गुरुङ अभिनित चलचत्रि हो ‘लिलिबिली’ । निर्माण घोषणा समयदेखि नै चर्चामा रहेको यो चलचित्र गीत–संगीत र ट्रेलरले पनि चर्चामा रहेको छ । देशभरका पर्दामा एकसाथ रिलिज भएको छ । चलचित्रमा प्रदीप र जसिताको अलवा प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

 

त्यस्तै, सफल अभिनेता दयाहाङ राई पहिलो पटक भिलेन अभिनयमा देखिएको चलचित्र हो ‘नेप्टे’ । यो पनि दर्शकमाझ प्रतिक्षित चलचित्र हो । गीत संगीत र कमेडी ट्रेलरका कारण पनि दर्शकमा उत्सुकता र कौतुहलता जगाउन सफल यो चलचित्र चिनिएका कलाकारले भरिएको छ । निर्देशित चलचित्रमा रोहित रुम्बा, छुल्ठिम गुरुङ, ए गुरुङ, वुद्दि तामाङ, पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल लगायतका कलाकारहरुको लिड रोल छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु