नयाँ वर्षको उल्लाससँगै जन्मदिन मनाउने सफल कलाकारहरु

म्यूजिक खबर
प्रकाशित: १ बैशाख २०७५, शनिबार

वैशाख, १ काठमाडौँ । नयाँ बर्ष २०७५ सालको आगमनसंगै नेपाली चर्चित एवं सफल कलाकारहरुले आफ्नो उमेर बढाएका छन् । अर्थात विभिन्न सालका वैशाख १ गते नै जन्मदिन परेका ५ कलाकारहरु छन् । जसले आज जन्मदिन मनाउँदैछन् ।

आज नेपाली कलाकारिता क्षेत्रमा सफल नामहरु हास्यकलाकारद्धय दीपकराज गिरी र शिवहरी पौड्याल, गायिका एवं राष्ट्रियसभा सदस्य कोमल वली, अभिनेता दयाहाङ राई र निर्देशक लय संग्रौलाले जन्मदिन मनाएका छन् । यति धेरै सफल कलाकारको एकै दिन जन्मदिन पर्नु संयोग नै मान्नु पर्छ ।

कलाकारद्वय दिपकराज गिरी र शिवहरि पौडेलले आज रेडियो अडियोमा बिशेष कार्यक्रम गरि मनाएका छन् । यी दुई कलाकार पर्दाबाहिर पनि मिल्ने साथी हुन् । दिपकराज गिरी ४९ बर्षमा प्रवेश गरेका छन् । दीपकराज अहिले ‘छक्का पञ्जा ३’ को तयारीमा छन् । मुखमा हानु जस्तो थेगोबाट लोकप्रियता कमाएका यता चर्चित हाँस्यकलाकार शिवहरी पौडेल ५२ बर्षमा प्रवेश गरेका छन् ।

यस्तै गायिका एवं राष्ट्रिय सभा सदस्य कोमल वलीको पनि आज नै जन्म दिन हो । गायिका कोमलले जन्मदिनको खासै उल्लास नरहेको बताईन् । जन्मदिन मनाउन कुनै रहर नभएकाले सामान्य पुजा आजा र महत्वपूर्ण काममा नै व्यस्त भएर वित्ने आफुलाई विशेष नलागे पनि परिवारले विशेष रुपमा लिने गरेको बताइन् । वलीले अहिलेसम्म आफ्नो उमेर लुकाउँदै आएकी छिन् ।

त्यस्तै आजकै दिन अर्थात् वैशाख १ मै जन्मिने अर्का सफल कलाकार हुन् दयाहाङ राई । विसं २०३७ साल वैशाख १ गते आइतबार १३ मा भोजपुरको जन्मेका हुन् दयाहाङ । दयाले अभिनय गरेका थुप्रै चलचित्रहरु हिट भएका छन् ।

त्यस्तै निर्देशक तथा कलाकार लय संग्रौलाको पनि आज नया वर्षमा जन्मदिन परेको छ । उनलाई सानोपर्दा का निर्माता निर्देशक र कलाकारको रुपमा चिनिन्छ । उनले सानोपर्दाका ६ सय जति चलचित्र र टेलिश्रृंखला निर्देशन गरेका छन् । लयको जन्म २०१३ वैशाख १ गते तेह्रथुमको आठराईमा भएको हो 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु