नवराजको प्रयास बाट दैव सार्वजानिक ( भिडियो )

म्यूजिक खबर
प्रकाशित: १६ चैत्र २०७२, मंगलवार

गायक नवराज श्रेष्ठले आफ्नो दोस्रो गीति एल्बम ‘प्रयास’ बाट ‘दैव’ बोलको गीतको म्युजिक भिडियो युटुव च्यानल मार्फत सार्वजानिक गरेका छन् । ‘के अर्थ’ बोलको गीत बाट चर्चामा आएका नवराज श्रेष्ठले लामो समय पछि यस म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा ल्याएका हुन् । गायक नवराजले आफ्नै शब्द संगीतमा तयार पारेको यस गीतलाई फिरोज बज्राचार्यले संगीत संयोजन गरेका छन् । चर्चित भिडियो सम्पादक तथा निर्देशक प्रविन श्रेष्ट द्वारा निर्देशित यस म्युजिक भिडियोमा चर्चित कार्यक्रम प्रस्तोता तथा निर्देशक विशाल भण्डारीको साथमा रचना लामा र बिनोद पौडेलले अभिनय गरेका छन् ।

daiba1

 

मोक्ष प्रोडक्सनको निर्माण रहेको यस म्युजिक भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाई र बबिन तामाङ्ले छायांकन गरेका छन् । लामो समय देखि म्युजिक भिडियो र चलचित्र निर्माण गर्दै आएको मोक्ष प्रोडक्सनले निर्माण गरेको यस म्युजिक भिडियोमा थ्रिलर प्रेम कथाबस्तु रहेको देखिन्छ ।

daiba2

 

 

रोजगारीको शिलशिलामा कतारमा रहेका गायक श्रेष्ठको ब्याण्डको भिडियो भने कतारमा नै बबिन तामाङ्ले छायांकन गरेका हुन् । यस म्युजिक भिडियोमा कसम र मन्जिलले साहयक निर्देशकको भूमिका निभाएका छन् ।

baiba4

भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु