नाइटली गफै ठूलो

म्यूजिक खबर
प्रकाशित: ५ बैशाख २०७१, शुक्रबार

लन्डन । हलिउड अभिनेत्री केइरा नाइटली जति हट छिन्, उत्ति नै मिहिनेती पनि । यो कुरा हालै नाइटलीले पनि पुष्टि गरेकी छन् । कामलाई पहिलो प्राथमिकता दिने भन्दै सुटिङका बेला निजी कुरामा ध्यान नदिने उनले बताइन् ।
अभिनेत्री नाइटलीले एक प्रसंगमा भनिन्, ‘फिल्मको सुटिङमा भएका बेला मलाई निजी जीन्दगीका बारे सोच्ने समय हुँदैन । र, सोच्नु हुन्न भन्ने मेरो मान्यता पनि हो किनकि, सुटिङ भइरहेका बेला आफ्नो व्यक्तिगत जीवनबारे ध्यान दिनु मलाई राम्रो पनि लाग्दैन ।’ नाइटली हलिउडमा ‘हट टप’ अभिनेत्रीमा गनिन्छिन् ।
लन्डनबाट सञ्चालित एक वेबसाइटका अनुसार जब केइरा फिल्ममा काम गरिहेकी हुन्छिन्, त्यतिखेर उनलाइ भेट्न प्रयास नगरे पनि हुन्छ । यदि कामकै विषयमा भेट्ने कुनै फरक पर्दैन । तर, सुटिङ गरिरहेकाबेला उनी निजी जीवनबारे केही कुरा गर्दिनन् । हिजोआज नाइटली फिल्म ‘अन्ना कारेनीना’ को सुटिङ गरिरहेकी छन् । सुटिङकै क्रममा भेटिएकी उनले भनिन्, ‘म अहिले फिल्मको सेटमा व्यस्त छु । त्यसैले साथीहरूलाई पनि समय दिन भ्याएकी छैन । उनीहरू यहाँ भेट्न आएर पनि मैले समय दिन पाएकी छैन । तर, सुटिङ सक्नेबित्तिकै अवश्य उनीहरूलाई समय दिनेछु ।’
यी अभिनेत्रीले आफू फुर्सदमा हुँदा साथीहरूसँगै रमाउन चाहेको पनि बताइन् । ‘जब म काममा हुँदिनँ, त्यतिखेर साथीसँगै रमाउन चाहान्छु’ नाइटलीले भनिन्, ‘फुर्सदमा जीवनका रमाइलो कुरा गर्न मलाई मनपर्छ । त्यसैले फुर्सद हुँदा साथीहरूसँग जीन्दगीका निजी कुरा गरेर रमाइलो गर्छु ।’

SNF17SPDAA---532_1530048a

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु