नागरिकता लिँदा पनि यस्तो (फोटो फिचरसहित)

म्यूजिक खबर
प्रकाशित: २५ कार्तिक २०७०, सोमबार

काठमाडौं । मुलुकमा संविधानसभाको चुनाव आइसकेको बेला कसैलाई भोट माग्दैमा फुर्सद छैन कोही भने नागरिकता लिने बेला भर्खर भएको छ भनेर लाइन बस्दैछन् । अब कुरो कसरी पत्याउने उमेरले २० को नेटो काटिसकेकाहरु नागरिकता नै छैन भनेर लाइन बस्छन् । कलाकार राजु लामिछाने र उनको टोली नै नागरिकता लिन लाइन बसेको देख्दा हामी नै अचम्ममा प¥यौं । यी अब नागरिकता लिन लाइन लागेका हुन् की राम्री युवती देखेर नजिकिँदै गएका हुन् भनेर पत्याउन गाह्रो भयो ।
यो नेपाल नै हो, सक्नेले जे गरे पनि हुन्छ । अब व्यावसाय छाडेर नागरिकता लिने राजु लामिछाने हुन् या विद्यालयका प्रधानाध्यापक मोती जैसी हुन्, यिनका कुरा पत्याउनेहरु पनि कस्ता होलान् । कैलालीको एक स्कुलका प्रधानाध्यापक मोती जैसी, धादिङका प्रकाश श्रेष्ठ, भिम आले, तहुँकी सुष्मा थापा, रामेछापकी शारदा थापा र कलाकार अन्जु निरौला एउटै लाइनमा नागरिकता लिन बसेको देख्दा अब यिनीहरुको जिल्ला सदरमुकाम एउटै रहेछ की भन्ने लाग्यो ।

raju lamichhane (13)
तर कुरो अर्कै रहेछ । यिनीहरु त देशको नागरिक भएर पनि नागरिकता नपाएकाहरुलाई सजग गराउने जनचेतनामूलक गीतको म्यूजिक भिडियोका लागि पो लाइन बसेका रहेछन् । गोपाल घिमिरेको शब्दमा राजेश पायल राई र टीका प्रसाइको स्वरमा रहेको नागरिकता सम्बन्धि जनचेतनामूलक गीतमा राजु लामिछाने, अन्जु निरौला र उनका साथीहरुले अभिनय पो गर्दैरहेछन् । यसमा समुन तण्डुकारको छायाँकन रहेको छ भने रचनाकार गोपाल घिमिरे आफैंले निर्देशन गरेका छन् । यस गीतको कोरियोग्राफर भने भोगेन्द्र मानन्धर रहेका छन् भने यस गीतलाई कानुन विकास मञ्चको सहयोगमा निर्माण गरिएको हो ।

 

raju lamichhane (2)

raju lamichhane (4)

 

raju lamichhane (5)

 

 

raju lamichhane (6)

 

 

raju lamichhane (7)

 

 

raju lamichhane (8)

 

 

raju lamichhane (9)

 

 

raju lamichhane (11)

 

 

raju lamichhane (12)

 

 

raju lamichhane (14)

 

 

 

 

 

 

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु