नायक निखिल उप्रेती बने संगीतकार, यस्तो छ गीत हेर्नुहोस्

म्यूजिक खबर
प्रकाशित: ८ असार २०७४, बिहीबार

असार ८, काठमाडौं । साउन १३ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘रुद्र’को पहिलो गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘आइएम च्याङ्ग्वा’ बोलको गीतमा अभिनेता निखिल उप्रेतीले संगीत भरेका छन्।  तामाङ जातीमा प्रसिद्ध तामाङ सेलोले प्रेमभाव बोल्छ। गीतमा शब्द जगदिश्वर थापाको छ भने स्वर शशीविक्रम थापा, संगीता तिमल्सिना र सोना अमात्यको छ।nikhil-upreti-music

लिड कलाकार विश्व र सारासँगै ज्याक श्रेष्ठ फिचरिङमा छन् ।  रामजी लामिछानेको निर्देशनमा बनेको फिल्मको केही दिन पहिले सार्वजनिक ट्रेलर पनि लोकप्रिय भइसकेको छ। विशेषतः एक्सन प्रधान भनिएको ट्रेलरलाई सम्बन्धित जनरा अनि एक्सन लभस्टोरी मन पराउनेहरुले रुचाएका छन्। यो फिल्ममा एक्सन स्टारको उपमा पाएका निखिल भिलेन अवतारमा प्रस्तुत छन्। सौरभ लामाले खिचेको फिल्मलाई काठमाडौंमा विके फिल्मस् र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु