निर्देशक शिव रेग्मीको निधन

म्यूजिक खबर
प्रकाशित: २४ मंसिर २०७०, सोमबार

काठमाडौं, २४ मंसिर। नेपाली चलचित्र उद्योगमा राम्रा र सफल चलचित्र दिन सफल निर्देशक शिव रेग्मीको आज विहान ६ बजेतिर निधन भएको छ । केही समयअघिदेखि दुईवटै मृगौला फेल भएपछि उपचारार्थ रहेका रेग्मीको आज विहान निधन भएको हो । उनको मृगौला प्रत्यारोपण गरिनका लागि दिल्ली पु¥याए पनि सफल हुन नसकि नेपाल फर्काइएको थियो । उनलाई मधुमेह पनि भएका कारण उपचारको क्रममा नै रहेका रेग्मीको ४८ वर्षको उमेरमा आज निधन हुन पुगेको हो । उनका एक छोरा र दुई छोरी रहेका छन् । उनको अन्तिम श्रद्धाञ्जलीका लागि वयोधा अस्पताल बल्खुमा ९ बजेसम्म राखिने भएको छ ।

बिसं २०२१ सालमा चितवनमा जन्मेका निर्देशक रेग्मीले प्रेम पूजाबाट लेखन यात्रा थाले पनि ‘आफन्त’ फिल्म उनको पहिलो निर्देशकिय फिल्म हो । नेपाली फिल्म उधोगलाई रेग्मी आफन्त सहित सुख दु:ख, आफ्नो मान्छे, ए मेरो हजुर, उपहार, पाहुना, हामी तीन भाइ, मुग्लान, कहाँ भेटिएला, दुनियाँ, मानिस, साथी म तिम्रो लगायत सफल फिल्म दिएका छन् । निर्देशक रेग्मीको ‘पराई’, ‘मनले मनलाई छुन्छ’ नामक दुई फिल्म रिलिजको क्रममा छन् ।

रेग्मीको मृत आत्माको चीर शान्तिको कामना गर्दै म्यूजिक खबर परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु