गीतकार निर्मला राई ‘परिवेश’को गीति एल्बम ‘रोनासा’

म्यूजिक खबर
प्रकाशित: २४ फाल्गुन २०७१, आईतवार

बेलायतमा बस्दै आएकी खोटाङ, सुङ्देलकी कवि तथा गीतकार निर्मला राई ‘परिवेश’ले पछिल्लो गीति एल्बम ‘रोनासा’ बजारमा ल्याएकी छन् । राजधानीमा आयोजित एक कार्यक्रममा परिवेशको दोस्रो एल्बम ‘रोनासा’को नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रष्तिष्ठानका सदस्यसचिव गणेश रसिकले विमोचन गरे ।

एल्बम विमाचनपछि मन्तव्यका क्रममा प्रमुख अतिथि रसिकले निर्मला राई ‘परिवेश’का गीतहरू कवितात्मक र श्रवणीय रहेको बताए । एल्बममाथि गीतकार डा. कृष्णहरि बराल तथा संगीतकार बुलु मुकारुङले पनि समीक्षात्मक टिप्पणी गरेका थिए ।

यसअघि ‘रोशनी’ एल्बम र ‘परिवेशका पाइलाहरू’ गीतसंग्रह प्रकाशित गरिसकेकी परिवेशको ‘रोनासा’भित्र सातवटा गीत समाविष्ट छन् । जसमध्ये तीनवटा गीतमा बनेको म्युजिक भिडियो समेत कार्यक्रममा देखाइयो । एल्बममा ‘मैले आफैलाई’, ‘धेरै जन्म’, ‘तिम्रो निर्दोष मनले’, ‘मुटुको त के कुरा’, ‘प्रयणपे्रमी’ र ‘शिरमा सगरमाथा’ बोलका गीत रहेका छन् ।

एल्बममा राजेशपायल राई, ताराप्रकाश लिम्बू, आनी छोइङ डोल्मा, रजिना रिमाल, सुमन सरगम, प्रविशा अधिकारीको स्वर सजिएको छ भने हरि लम्साल, न्हु बज्राचार्य, ताराप्रकाश लिम्बू, सुरेश अधिकारी र महेश खड्काको सङ्गीत रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु