निष्ठुरीको पीडामा दिपिका

म्यूजिक खबर
प्रकाशित: ३१ भाद्र २०७०, सोमबार

२०७० भाद्र ३१, म्यूजिकखबर
पीडा दिने निष्ठुरीको यादमा सबैले आफ्ना मनका वेदनाहरु पोख्ने गर्छन्, तड्पिने गर्छन् । त्यहीँमाथि कामको सिलसिलामा विदेश जानेहरुमा त त्यस्तो भइ नै हाल्छ । इजरायलमा काम गर्ने दिपिका भुसाललाई पनि यस्तै भएको छ । इजरायलमा रहेर आफ्नो कामको व्यस्ततामा पनि बचेको केही समयलाई शब्दमा उतार्दै गीतकार दिपिका भुसालले ‘आशिका’ गीतिसंग्रह तयार पारेकी छन् । उक्त एल्बमभित्र रहेको गीत हो ‘पीडा दिने निष्ठुरीले…’ ।
मेरो जिल्लाडटकमकी इजरायल प्रतिनिधि एवं संचालक समितिमा समेत रहेकी दिपिका भुसालले लेखेको उक्त गीतमा त्रिकोणात्मक प्रेम कथालाई उतारिएको छ । विपिन आचार्यको संगीत एवं माण्डवी त्रिपाठीको संगीत रहेको उक्त गीतको म्यूजिक भिडियो पनि तयार पारिएको छ । विपिन तामाङको निर्देशन र सम्पादन रहेको उक्त म्यूजिक भिडियोमा इजरायलमै रहेका दिपा शर्मा, सूर्य बस्याल र गीतकार दिपिका भुसालले अभिनय गरेका छन् । उक्त गीतको छायाङकनमा तिन जना बीचको प्रेम सम्बन्धलाई देखाइएको छ । एउटै प्रेमीसँग दुई प्रेमिकाहरुको प्रेम सम्बन्ध देखाइएको छ । पीडा दिने निष्ठुरीले बोलको गीत पहिलो प्रेमिकाले आत्मैदेखि प्रेम गर्दागर्दै पनि प्रेमीले उनिसँग सम्बन्ध नबनाएका कारण पहिलो प्रेमिकालाई कति पीडा हुँदोरहेछ भन्ने कुरा उक्त गीतको म्यूजिक भिडियोमा प्रस्तुत गरिएको छ ।
म्यूजिक भिडियोका लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

[youtube]http://youtu.be/4eYsclX3rzg[/youtube]

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु