नेपाल आइडल बुद्ध लामाको पहिलो गीत (भिडियो हेर्नुहोस्)

म्यूजिक खबर
प्रकाशित: ४ चैत्र २०७४, आईतवार

४ चैत, काठमाडौं । पहिलो ‘नेपाल आइडल’ बुद्ध लामा पहिलो पटक आफ्नै वास्तविक स्वरको गीत–गजल लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । अमेरिकामा बसोबास गरिरहेका गजलकार सुरेश वाग्लेद्वारा रचना गरिएको ‘तिमी साथ भएपछि…’ शीर्षकको गजलमार्फत गायक लामा दर्शकमाझ आएका हुन् । गजलकार वाग्लकै गजलगृह नामक च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको हो ।

हरि लम्सालद्वारा संगीतबद्ध उक्त गजललाई गोपाल रसाईलीले संगीत संयोजन गरेका हुन् । चन्द्र चौधरीद्वारा मिक्सिङ तथा मास्टरिङ गरिएको उक्त गीत अकेष्टिक नेपालमा रेकर्ड गरिएको हो ।

अर्जुन अधिकारीद्वारा निर्देशित उक्त भिडियोमा चलचित्रका लोकप्रिय जोडी पल शाह तथा आँचल शर्माले अभिनय गरेका छन् । अभिनेता पल तथा अभिनेत्री आँचलले भिडियोमा गजल भावना अनुसारको अभिनय गरेका छन् ।

उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । भिडियोमा सुरेन बसेलको कोरियोग्रँफी छ ।

गजलकार सुरेश वाग्ले गायक शिव परियारको सांगीतिक जीवनको पहिलो गजल ‘जति बिस्र्यो तिम्रो याद…’ का रचनाकारको रुपमा समेत चिनिन्छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु