पहिलो पटक ‘अन्जु पन्त-एकल साँझ’ हुँदै

म्यूजिक खबर
प्रकाशित: २ श्रावण २०७४, सोमबार

साउन २, काठमाडौं ।। नेपाली सांगीतिक धरातलकी सर्वाधिक चर्चित र व्यस्त गायिका अन्जु पन्तले संगीत क्षेत्रमा दुई दशकभन्दा बढी समय बिताइसकेकी छिन् । अन्जु पन्तले आफ्नो यात्रामा पहिलो पटक एकल साँझमा देखिने भएकी छिन् । म्युजिक रेकर्डिस्ट एसोसियनसन नेपाल र अञ्जु पन्त फाउन्डेसनको संयुक्त आयोजनामा भदौ २४ गते ‘अञ्जु पन्त सुमधुर सन्ध्या २०७४’ कार्यक्रम हुने भएको छ ।

anju panta musical night
शनिबार राजधानीमा पत्रकार भेटघाटको कार्यक्रममा उनको यो एकल साँझ बारे जानकारी दिइएको छ । भदौ २४ गते राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा ‘अञ्जु पन्त सुमधुर सन्ध्या–२०७४’ नामको एकल साँझमा उत्रिन लागेकी हुन् । एकल साँझमा अन्जुले आफ्ना डेढ दर्जन बढी चर्चित गीतहरु प्रस्तुत गर्ने भएकी छिन्। कार्यक्रमको बारेमा बताउँदै उनले कार्यक्रमबाट उठेको रकम मध्ये खर्च कटाएर बचेको आधा रकम रेर्कडिस्टहरुको संस्था र आधा आफ्नो फाउण्डेशन मार्फत बालबालिकाका लागि खर्च गर्ने समेत जानकारी दिएकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु