पाठकको ‘सप्तरंगी’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ३१ असार २०७४, शनिबार

असार ३१, काठमाडौं । गायिका सुशिला पाठकको पहिलो गीतिएल्बम ‘सप्तरङ्गी’ सार्वजनिक भएको छ । बरिष्ठ गायिका मिरा राणा, संगीतकार शिला बहादुर मोक्तान, चर्चित गायिका कुन्ती मोक्तान, संचारकर्मी शान्तिप्रिय, कलाकार निर्मल शर्मा, गायिका सुक्मित गुरुङ तथा निर्देशक लब कार्कीको बिशेष उपस्थितमा सप्तरङ्गीलाई सार्वजनिक गरिएको हो ।

suhila pathak
उक्त एल्बम बिमोचन कार्यक्रममा सम्पूर्ण अतिथिहरुले गायिका शुशिला पाठकको पहिलो एल्बम “सप्तरंगी“ को प्रसंसा गर्दै गरेका थिए । पाठकको एकदमै राम्रो भएको र जादुमय स्वर तथा उत्कृष्ट संगीतले सजिएको यस एल्बम सप्तरङ्गीले स्रोताको मन जित्नेमा विश्वास व्यक्त गरेका थिए । सप्तरंगी एल्बममा जम्मा पाँच वटा गीतहरु रहेको र दुई वटा ट्रयाक रहेका छन् जसमा शब्द बिष्णु गुरुङ, शान्ति प्रिय, सन्तोष पोखरेल र बिशाल पौडेलको रहेको छ भने त्यसैगरी शिला बहादुर मोक्तान, मनोजराज शिवाकोटी, दिपक शर्मा, कारण राज कार्की तथा बिशाल पौडेलको संगीत रहेको छ । उक्त अवसरमा सोहि एल्बमको पहिलो नम्बर गीतमा रहेको “हलक्क ज्यान बढ्यो रे’ नामक गीतमा बनेको म्युजिक भिडिओ समेत सार्वजनिक गरिएको ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु