गीतकार पुरुषोत्तम बस्नेतको तेस्रो एकल एल्बम “रासुम”

म्यूजिक खबर
प्रकाशित: १६ फाल्गुन २०७१, शनिबार

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार पुरुषोत्तम बस्नेतको तेस्रो एकल एल्बम “रासुम” बजारमा आएको छ । बस्नेतले राजधानीमा एक कार्यक्रमको आयोजना गरी रासुमको सार्वजनिक गरेका हुन् । रासुमलाई सभासद तथा पूर्व उर्जामन्त्री प्रकाश शरण महत, वरिष्ठ गीतकार डा. कृष्णहरी बरालले एल्बमको बिमोचन गरेका थिए ।
बस्नेतको एकल रचनामा तयार पारिएको यस गीतिसंग्रहमा अबिद, पुस्तक प्रसाद, शशी रावल र सन्दिप कार्कीको संगीत छ । राजेशपायल राई, दिनेश गौतम, मिलन अमात्य, विश्व नेपाली, शशि रावल, सञ्जय पाण्डे र एस्थर तिमल्सिनाको स्वर छ ।
यो जुनी यस्तै भयो…, म आफ्नो मलामी गइरहेछु…, मेरो देशलाई स्वर्ग बनाऊ…, गौतम बुद्ध नेपालमा जन्मेका हुन्… र जन्मदिनको के दिउँ तिमीलाई… बोलको गरी ५ वटा गीतहरु यो एल्बममा समावेश छ ।

एल्बममा समावेश भएका गीतमध्ये यो जुनी यस्तै भयो… को म्युजिक भिडियो पनि निर्माण गरिएको छ । भिडियोलाई प्रदीप रसाईलीले निर्देशन गरेका छन् भने जेनिशा केसी, दिपेश कार्की र नवराज कोइरालाको अभिनय छ । रासुम एल्बमलाई कम्पास मिडियाले उत्पादन तथा वितरण गरेको छ । बस्नेतको प्रजुशा र प्रभाव दुई एल्बम यसअघि नै बजारमा आइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु