पेट्रोल हाल्ने पैसा नभएपछि खाडी छिरेको अमेरिका ब्वाइज

म्यूजिक खबर
प्रकाशित: ३१ बैशाख २०७५, सोमबार

३१ बैशाख, काठमाडौं । पेट्रोल हाल्ने पैसा नभएपछि खाडी छिरेको कथालाई समावेश गर्दै तयार भएको अमेरिका ब्वाइज जेठ १८ गतेबाट देशभर प्रर्दशनमा आउदै छ । यसै फिल्मको राजधानिमा एक विशेष कार्यक्रमको आयोजना गदै आइतबार ट्रेलर सार्वजनिक गरिएको छ । अर्पन थापा, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, कामेश्वोर चौरासिया, अभय बराल, आसिश प्रसाई, श्रीस्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलिया, सुबाश गजुरेल, राजु खरेल, मनिष राउत लगायतका कलाकारहरुको अभिनय रहेको छ । ट्रेलरमा फिल्मका प्राय सबै कलाकारहरु फिचरिङ भएका छन् ।

फिल्मलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् । सीबर्ड्स पिक्चर्स र बडी इन्टरटेनमेन्टको ब्यानरमा प्रकाश भुजेल र इन्द्र प्रशाद खरेलले निर्माण गरेको यस फिल्मका कार्यकारी निर्माता समिर खरेल हुन् भने सह निर्माताका रुपमा अनुप थापा यमुना खरेल र राज के।सी रहेका छन् । फिल्ममा कथा स्क्रीनप्ले र सम्बाद बिबेक पाण्डे, छायाङ्कन आलोक शुक्ला, सम्पादन निमेष श्रेष्ठको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु