‘पोजेटिभ स्टेभ’ मा अशोकप्यासी

म्यूजिक खबर
प्रकाशित: ३ माघ २०७०, शुक्रबार

काठमाडौं, ३ माघ । डेढ दशकयता सञ्चार क्षेत्रमा क्रियासिल अशोकप्यासी राई वृत्तचित्र निर्देशकका रुपवमा देखिएका छन् । उनको लेखन तथा निर्देशन रहेको वृत्तचित्र ‘पोजेटिभ स्टेप’ छायांकनको अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि चलचित्र पत्रकारितामा संलग्न उनको यो डेब्यु निर्देशन हो ।
‘सेवा नै धर्म हो’ भन्ने तथ्यलाई आत्मासात् गर्दै ‘मिस मंगोल नेपाल–२०१३’ का विजेताले ताप्लेजुुङस्थित मेहेले गाविस– ९ मा अवस्थित किरात राई स्कुलको भवन निर्माण सहयोगार्थ सञ्चालन गरेको वृहत अभियानमा आधारित यो वृत्तचित्र काठमाडौं र ताप्लेजुङमा छायांकन गरिएको छ ।
वृत्तचित्रबारेमा निर्देशक अशोकप्यासी भन्छन, ‘मिस मंगोलका विजेता मुस्कान लिम्बुु, फस्ट रनरअप वाणी राई र सेकेन्ड रनरअप सोनु श्रेष्ठले सामाजिक कार्यका लागि समाजिक अभियानको थालनी गरेका छन् । यसले समाजका लागि ठोस सहयोग र सामाजिक उत्तरदायित्व वहन गर्न सबैलाई प्रेरित गर्ने भएकाले वत्तचित्रमा उतारिन लागिएको हो ।’
अशोकप्यासीका अनुसार विजेताले विद्यालय भवन निर्माण गरिदिन गरेको यस अभियानबाट स्थानीयवासी उत्साहित छन् । आर्थिक अभावका कारण भवन नहुँदा चित्राको छानामुनि कक्षा सञ्चालन गर्न बाध्य सो विद्यालयले केही वर्षदेखि भवन बनाउने योजना बनाए पनि रकमको अभावले सम्भव हुन सकेको थिएन ।

posetive steo
दशैंअघि राजधानीमा वृहत सांगीतिक कार्यक्रम आयोजना गरी अभियानको थालनी गरिएको थियो । उक्त अभियान भवन निर्माण पुरा नभएसम्म जारी रहने ‘मिस मंगोल नेपाल–२०१३’ की विजेता मुस्कान लिम्बुले बताइन् । अहिले तीन कोठे भवन निर्माण कार्य भइरहेको छ भने माघ अन्तिमसम्ममा पुरा हुने लक्ष्य राखिएको बताइएको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु