पोस्ट प्रोडक्सनमा एउटै

म्यूजिक खबर
प्रकाशित: १६ पुष २०७०, मंगलवार

काठमाडौं, १६ पुस । कमलरीको कथामा आधारित रहेर हिमाल, पहाड, तराईका नेपाली जनजीवनको कथालाई प्रस्तुत गरिएको चलचित्र ‘एउटै’ को पोस्ट प्रोडक्सन भइरहेको छ । म्यारोन मुभी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र एउटैको जनकपुर, लुम्बिनी, दाङ, कञ्चनपुर, पोखरा, गोरखालगायतका स्थानको रमणीय दृश्यहरुमा छायाँँकन गरिएको हो । यसअघि नमस्ते डोल्पा, मेरो कथा जस्ता चलचित्र निर्देशन गरिसकेका निर्देशक देव नेपालले निर्देशन गरेका हुन् ।
रामकुमार अधिकारीको निर्माणमा तयार पारिएको चलचित्र एउटैमा देव नेपाल, दीपसागर, सपना केसी, डम्बर उपाध्याय, विजय चौधरी, सन्ध्या पौडेल र निर्माता स्वयम्को पनि मुख्य भूमिका रहेको छ । छायाँकार नवराज सुवेदी, नृत्य दीपसागर, सम्पादनमा अर्जुन पोखरेल रहेको यस चलचित्रमा रामजी नेपालीको संगीत रहेको छ भने पत्रकार सुमन बैरागी र युवराज बास्तोलाको गीत रहेको छ । यस चलचित्रमा विन्दु परियार, रुपक चौधरी र रामजी नेपालीको स्वर रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु