प्रचारप्रसारमा दीपक र दीपा

म्यूजिक खबर
प्रकाशित: १६ पुष २०७०, मंगलवार

काठमाडौं, १६ पुस । कलाकार दीपकराज गिरी र दीपाश्री निरौला यतिबेला चलचित्र ६ एकान ६ को प्रचार प्रसारमा व्यस्त भएका छन् । यही पुस २६ बाट प्रदर्शनको डेट तय गरेर प्रचारप्रसारमा व्यस्त रहेको ६ एकान ६ को युनिटमध्येका दुई दिपकराज गिरी दिपाश्री निरौला चितवनमा पत्रकारहरुसँग भेटघाट गरी हेटौंडमा पुगेर पत्रकार सम्मलेन गरेका छन् ।
पछिल्लो समय चलचित्रहरु नचलिरहेको अवस्थामा ६ एकान ६ ले पूर्ण मनोरञ्जनका साथ चलचित्रलाई सफल गतिमा लैजाने बताएका छन् । उनीहरुले चलचित्र ६ एकान ६ पूर्ण मनोरञ्जनपूर्ण भएकाले सिनेमाको अस्तित्व जोगाउन आफूहरु लागिपरेको उल्लेख गरे । deepak raj giri
देश दौडाहामा लागेका गिरीले धेरै चलचित्रहरु निर्माण भए आएगए लेखाजोखाको मापदण्डमा थोरै हिस्सा परेपनि हास्यकलाकारको समुहले ल्याएको एकान छ ले पुरै हिस्साको साथमा दर्शक तान्ने अपेक्षा गरेको बताए । पत्रकारहरु सगको जिज्ञासामा निर्माता गिरीले हिन्दी चलचित्रले पैसा लग्यो भनेर आफुहरु त्यसको पछाडी नदौडने बताउदै दर्शकहरुले मनोरञ्जन लिने छ एकान छ को टिकट रकम नेपालमै सुरक्षित रहने बताउनु भयो । चलचित्रमा आफु सलमान खानको फयान भएकाले त्यस्तै भुमिकामा देखिएको बताउदै अढाई घण्टासम्म दर्शकहरुले पूर्ण मनोरञ्जनका साथ पेट मिचिमिचि हाँसेर बिताउने बताए ।
यस्तै कार्यक्रममा चलचित्रकी निर्मात्री एवं सहायक निर्देशक दिपाश्री निरौलाले पनि छ एकान छ राम्रो मनोरञ्जनखाले बनेकाले पौष २६ दर्शकहरु कुरेर बस्नु भएको बताएकी छन् । सेन्सरबोर्डले चलचित्रको एक शब्द समेत नकाटेकाले पनि चलचित्रको स्तर उत्कृष्ट बनेको बताउदै हास्यकलाकारहरुको जमात एकजुट हुन यसले अर्को सफलता प्राप्त गरेको बताएकी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु