प्रतिष्ठानलाई पूजाको दश हजार सहयोग

म्यूजिक खबर
प्रकाशित: ६ बैशाख २०७४, बुधबार

बैशाख ६, इटहरी । गीतकार पूजा मारियाले इटहरीमा रहेको संगीत साधना प्रतिष्ठानलाई आफ्ना पछिल्लो दुई एल्बम जीवन साथी र परदेशीको यादमा बिक्रीबाट आएको रु दश हजार रुपैयाँ हस्तान्तरण गरेकी छन् । पूर्वमा रहेर गीतसंगीतमा क्रियाशील रहँदै आएकी पूजा मारिया राजधानी र पूर्वलाई जोड्ने एक सफल गीतकारका रुपमा परिचित छिन् ।

pooja mariya
केही समय पहिला सार्वजनिक भएको आधुनिक गीतिसंग्रह जीवन साथी र लोकदोहोरी एल्बम परदेशीको यादमा सार्वजनिक भएपछि बिक्री भएको रकमबाट संगीत साधना प्रतिष्ठानलाई सहयोग गरेकी हुन् । संगीत साधना प्रतिष्ठानको सहयोगार्थ विमोचन गरिएको उक्त एल्बमबाट आएको दश हजार प्रतिष्ठानका राजु केसीको हातमा हस्तान्तरण गरेकी हुन् । ‘संगीत प्रतिष्ठान निर्माण, एक ईंटा अभियान’ नारासहित अगाडि बढेको उक्त प्रतिष्ठानले संगीत विद्यालयको निर्माण गर्ने योजनामा जुटिरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु