प्रेम चक्करमा जोन्स–बु्रक

म्यूजिक खबर
प्रकाशित: २ मंसिर २०७०, आईतवार

लस एन्जलस, (एजेन्सी) । हलिउडे कलाकारले प्रेम, रोमान्स र सम्बन्धविच्छेदलाई सामान्य रुपमा लिने गर्छन् । पश्चिामा समाजको भरपूर्ण सदुपयोग गर्दै आएका यी बलिउडे कलाकारका लागि प्रेम र सम्बन्धविच्छेद एउटा ‘मौसमी फल’ हो ।
यस्तै, हलिउडकी चर्चित अभिनेत्री केली ब्रुक पछिल्लो समय टिभी प्रस्तोता गेथिन जोन्सको प्रेमजालमा छिन । भर्खरै मात्र डेनी सिप्रियानीसँग अलग भएकी ब्रुक जोन्सको प्रेमजालमा परेको धेरै  भएको छैन । तर, यी दुईको प्रेमिलसम्बन्ध देखेर हलिउडे कलाकारहरु अचम्ममा परेका छन् ।
केही सातायता ब्रुक र जोन्स सँगै देखिन थालेका छन् । बेलायतबाट सञ्चालित एक वेबसाइटले त उनीहरुले रातसमेत सँगै बिताउने गरेको जनाएको छ । हालै एक रात्रि भोजमा सँगै देखिएका यी जोडीलाई लिएर त्यो वेबसाइटले लेखेको छ, ‘ब्रुक र जोन्सको प्रेमले हलिउडको रंगीन संसार अmभै रंगीन भएको छ ।’ समाचारमा जनाइएअनुसार ३३ वर्षीया ब्रुक खेलाडी डेनीसँग अलग भएको महिना दिन नवित्दै जोन्ससँग रोमान्स थालेका हुन् । यस्तै उनीहरु केही दिनअघि एक अपार्टमेन्टमा देखिएका थिए, जुन अपार्टमेन्ट यी दुईले आफ्नो लागि लिएको बताइएको छ ।
एक सूत्रमा अनुसार केही वर्ष अघिदेखि यी दुई एक–अर्कालाई मन पराउँथे तर, त्यतिखेर अभिनेत्री ब्रुक डेनीसँग रोमान्समा थिइन् । जब उनी सिंगल भइन्, त्यसलगत्तै बु्रक जोन्सको शरणमा पुगेकी हुन् । त्यसैले जोन्सकै लागि बु्रुकले डेनीसँग अगल भएकी त होइनन् भन्नेहरु पनि छन् । तर, ब्रुकले अहिलेसम्म जोन्सलाई  ‘प्रेमी’ बताएकी छैनन् । उनले जोन्स एक असल पुरुष मित्र मात्र भएकी जनाएकी छन् । ब्रुकले भनेकी छन्, ‘जोन्सलाई एक कुसल मित्रका रुपमा मात्र लिएकी छु ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु