फिल्ममा रुवाउने रुवाएरै अस्ताए

म्यूजिक खबर
प्रकाशित: २७ मंसिर २०७०, बिहीबार
  • एमपी सुब्बा

नेपाली चलचित्र क्षेत्रले एक कुसल निर्देशकलाई गुमाएको छ । कुसल र सफल निर्देशक मानिएका शिव रेग्मीको निधनले चलचित्र क्षेत्रलाई मात्र नभई राष्ट्रलाई नै क्षति भएको छ । मृगौला रोगबाट पीडित रेग्मीको उपचारकै क्रममा सोमबार निधन भयो । ६ महिनायता राजधानीस्थित बयोधा अस्पतालमा उनको उपचार हुँदै आएको थियो तर, उपयुक्त उपचार हुन नसक्दा ४९ वर्षको उमेरमा देह त्यागे ।
जीवन सुख–दुखको संगम मान्ने रेग्मी आफ्नो भनाइमा सधैं अढिक थिए । उनी निर्मित चलचित्रमा धेरै जसो सुख–दुःखका कुरा नै समेट्थे । र, अन्त्यमा उनको निधन पनि दुखद नै रह¥यो । ६ महिनाभन्दा लामो समय अस्पतालको बेडमा रहँदासमेत राज्यले उनलाई बचाउने खाशै पहल गरेन । कलालाकारलाई ‘राष्ट्रको गहना’ भनेर राज्यले परिभाषित गर्दै आएको भए पनि एक सक्षम चलचित्रकर्मी मृत्ुयुशैथ्यामा रहँदा बेवास्ता गरेको कलाकारले गुनासो छ । कलाकारले भने उनलाई बचाउन निकै प्रयास गरेका थिए तर बचाउन नसकेकामा उनीहरुले दुःख व्यक्त गरेका छन् ।
निर्देशक रेग्मी कलाकर्ममा भएका र नयाँ पीढीका लागि प्रेरक मानिन्थे । उनी सधैं दुःखसँग जिउनु सिक्नुपर्छ’ भन्ने गर्दथे । कलाकारिताको दौरानमा थुप्रै उताव–चाढाव बेहोरका रेग्मीको उक्त उक्त भनाइ कलाकारका लागि पाठ हुनसक्छ । रेग्मी मात्र नभइ अधिकांश कलाकारको दुखद निधन हुने गरेको छ । पूरै जीवन कलाका समर्पित गरेकाहरुले समेत आर्थिक जेलिरहेका छन्, पछिल्लो समय रेग्मी उदाहरण बनेका छन् । जस्तोसुकै दुःख परे पनि बाहिर ल्याउन नचाहाने रेग्मीले पैसा नै सबथोक मानेनन् । र, उनलाई पैसाले बचाउन सकेन ।

shiva regmi
अर्को दुखद पक्ष रेग्मीको पार्थिव शरीरलाई सार्वजनिक श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठानमा राखिएन । हरेक प्रतिष्ठित कलाकारको निधन हुँदा सार्वजनिक श्रद्धाञ्जलीका लागि प्रतिष्ठान परिसरमा राख्ने चलन छ । उनको सम्मानका लागि पनि राखिनुपर्दथ्यो जसमा कलकर्मीले समेत ध्यान दिएनन् । चितवका रेग्मीलाई उनकै गृहनगरमा श्रद्धाञ्जली दिइयो । रेग्मीको पार्थिव शरीरलाई उनले कलाकारिता प्रारम्भ गरेको नारायणी कला मन्दिरमा श्रद्धाञ्जलीका दिइयो ।
रेग्मी निर्देशित दर्जन बढी चलचित्र छन्, जसले दर्शकको मनमुटु नछोएको कुनै छैन । ‘प्रेम पूजा’ को कथा÷संवाद लेखेर चलचित्रकर्ममा आफूलाई समर्पित गरेका रेग्मी ‘मोहनी’ बाट चर्चामा आएका थिए । चलचित्र लेखनमा सफलमा उनी सफल थिए नै, निर्देशनमा समेत अब्बल र सफल थिए । चलचित्र ‘आफन्त’मार्फत निर्देशनमा हात हालेका रेग्मीले ‘आफ्नो मान्छे, ‘ए मेरो हजुर’, ‘सुख दुख’, ‘हामी तीन भाई’, ‘कहाँ भेटिएला’, ‘हाँसी देउ एक फेर’, ‘युद्ध’, ‘साथी म तिम्रो’, ‘फुल’ जस्ता चलचित्र निर्देशन गरे । यी सबै चलचित्र सफल मान्छिन् । करिब २१ बर्ष लामो कलाकारिताको दौरानमा उनले उत्कृष्ट निर्देशक, लेखकलगायतका दर्जनौ अवार्डबाट सम्मानीत भएका थिए । चितवनकै नारायणी कला मन्दिरबाट कला प्रारम्भ गरेका रेग्मीले रंगमञ्चबाट कलाकारिता सुरु गरेका थिए । अब फेरि रेग्मीजस्ता कुसल र सफल निर्देशक चलचित्र क्षेत्रले पाउन निकै समय कुर्नु पर्नेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु