फुर्वाको ‘वनको बाटो उकाली ओराली’ बजारमा

म्यूजिक खबर
प्रकाशित: ७ बैशाख २०७५, शुक्रबार

 

 

पासाङ तामाङ, मलेसिया

७ बैशाख, काठमाडौं । रोजगारका सिलशिलामा मलेसियामा संघर्षरत फुर्वा मोक्तान तामाङको मनले त्यहाँ पैसासँग मात्र नखेली आफ्नो मातृभूमिकासँग पनि खेलिरह्यो । फुर्वाले विदेशी भूमिमा आफ्नो अमुल्य पसिना बगाउँदै आफ्नो आत्मसन्तुष्टी मात्र कायम गरेनन् । उनले आफ्नो मनको भावना डायरीमा खेलाएर गीत, कविता सिर्जना गरी आफ्नो भाषा, साहित्यको क्षेत्रमा समेत योगदान फलस्वरुप फुर्वाले हिमालयन ईन्टरनेशल म्युजिक आवार्डको उत्कृष्ट मोडेल ट्राफी पाउन सफल पनि भएका थिए।

 

प्रवासी भुमिबाटै चर्चाको शिखर चुम्न सफल गायक कोष बोम्जनको मलेसियामै पहिलो तामाङ र्‍याप स्याउखानु मिठो हेलम्बुको भिडियो पनि फुर्वाले निर्देशन गरी सकेका छन् । फुर्वाले तिन दर्जनभन्दा बढी म्युजिक भिडियो तथा लघु चलचित्रमा अभिनय गरी सकेका छन्, भने उनले दर्जनौं गीतहरुको भिडियो पनि छायांकन गरी सकेका छन् ।

 

भर्खरै मात्र सार्वजनिक फुर्वाको उत्कृष्ट अभिनय रहेको प्रतीक ब्लोन तामाङको शब्द, संगीत र स्वरमा सजिएको ‘बनको बाटो उकाली ओराली’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियोमा पनि फुर्वा आफैले निर्देशन गरेका छन् । जसमा फुर्वाको र कमला राईको अभिनय रहेको छ । भिडियोलाई सुन्दर लावतीले छायांकन गरेका छन् भने निश्चल घिमिरेले सम्पादन गरेका छन् ।

 

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु