फुलमाया कार्की फाउण्डेशनद्वारा गुरुङलाई आर्थिक सहयोग

म्यूजिक खबर
प्रकाशित: ७ आश्विन २०७४, शनिबार

६ असोज २०७४, काठमाडौं । कुनै बेला नेपाली संगीत क्षेत्रमा एरेन्जको काम गर्नेमा एकछत्र रा जगर्न सफल थिए पूर्ण गुरुङ । अहिले दुबै मृगौलाले काम गर्न छाडेपछि जीवन मरणको दोसाँधमा हस्पिटलको बास भइरहेको छ उनका लागि । यतिबेला उनका लागि विभिन्न क्षेत्रबाट शीघ्र स्वास्थ्य लाभको कामनासहित सहयोग गर्ने क्रम जारी रहेको छ । उनको मृगौला फेरेको ९ बर्ष पछि पुनः मृगौलामा समस्या देखिएको हो । अहिले एक महिना भन्दा बढि लामो समयदेखि गुरुङ त्रिबि शिक्षण अस्पतालमा उपचार गराईरहेका छन् ।


गुरुङकी श्रीमती सुमी श्रेष्ठ श्रीमानको उपचारका लागि गुरुङसँगै अस्पतारमा रहेकी छन् । गुरुङको उपचारका लागि फुलमाया कार्की फाउण्डेशनको टोलीले अस्पताल पुगेर गुरुङकी श्रीमती सुमीको हातमा रु २० हजार सहयोग गरेको छ । सामाजिक सेवामा समर्पित रहँदै आएको फाउन्डेशनले आफूले सकेको सहयोग विभिन्न समस्यामा परेका व्यक्तिहरुलाई गर्दै आएको छ ।


फाउन्डेसनका आजिबन सद्स्य लगायत बिभिन्न सहयोगी हरु गीता राई, द्रोर्णराज महत, सिर्जु मगर, अनुस्का सुनुवार, लिला गिरि, सुरज लामिछाने, आयुस्का सुनुवार, चुडामणि बिसि, अनु गुरुङ, सबिता अधिकारी ,अर्जुन गुरुङ ,संगीता श्रेष्ठ, सुस्मिता तमु थेबे लिम्बु मार्फत उठेको सहयोग रकम गायक गुरुङको धर्मपत्नी सुमी लाइ हस्तान्तरण गरिएको छ।


त्यसैगरी केही दिन अघि मात्र गुरुङको उपचारका लागि केही दिनअघि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, ईन्द्रणी परिवारलगायतले आर्थिक सहयोग गरेका थिए ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु