बक्स अफिस लागू नगर्न हलवालाहरुको आलटाल

म्यूजिक खबर
प्रकाशित: ७ बैशाख २०७५, शुक्रबार

७ बैशाख, काठमाडौं । बैशाख पहिलो साता देखि नै बक्स अफिस इ टिकेटिङ सिष्टम लागु गर्न तयार देखिएका हलवालाहरु नै अहिले बिरोधमा देखिएका छन् । नेपाल सरकारले चलचित्र क्षेत्रको विकासका निमित्त सिनेमा हलहरुमा आर्थिक पारदर्शिता आवश्यक देखेर बक्स अफिस प्रणालीलाई मूर्तरुप दिने अन्तिम तयारीमा छ । सुचना तथा संचार मन्त्रालय मातहतमा रहेको नेपाल चलचित्र विकास बोर्डले हलवाला तथा निर्माताहरुसंग पटक पटक मौखिक र लिखित सल्लाह गरी सकेको छ । हरेक पटकको मौखिक तथा लिखित सल्लाहमा कर्मचारी कर्मचारीले गर्न सक्ने अनियमीततामा समेत बक्स अफिस लागू भए पछि नियन्त्रण आउने भन्दै सरकारलाई बक्स अफिस लागू गर्न सल्लाह दिंदै आएका थिए । तर यतिबेला चलचित्र विकास बोर्डले तिन तिन पटक अफिसियल ररुपमा पत्राचार गरी सक्दा पनि केही हलवालाहररु बक्स अफिस लागू गर्न आनाकानी गरीरहेका छन् । मौखिक ररुपमा हुन्छ भन्ने हलवालाहररु किन यसरी सुस्त देखीए यस्ले बिभीन्न किसीमका आशंकाहररु जन्माएका छन् ।

आउँदो श्राबण एक गते सम्ममा सम्पुर्ण चलचित्रघरहररुमा पुर्णररुपमा बक्स अफिस लागू गर्ने सरकारको योजना छ । यसै योजना अन्र्तगत बोर्डले तिन तिन पटक हलवालाहर चिठ्ठी पठाएको हो । बोर्डले अफिसीयलरmपमा पठाएको चिठ्ठी बुझीसकेका हलवालाहरु मध्ये केही हलवालाहररु यतिबेला चिठ्ठीलाई नै नजरअन्दाज गरेर बसरिाखेका छन् रु बोर्डले चलचित्र घरहररुलाई पत्राचार गरेको पत्रमा २०७४ चैत्र मसान्त भित्र ई टिकेटिङ जडान नभएका चलचित्रघरहररुले अनिवार्य ररुपमा बक्स अफिस म्यानेजमेन्ट सिस्टम जडान गर्नका लागी आवश्यक पर्ने हार्डवेरका सामान तथा ईन्टरनेट सेवा जडान गरी सक्नु पर्ने भनि स्पष्टै लेखेको छ । तर हाल सम्म पनि कतिपय चलचित्रघरहररुले बक्स अफिसका लागी चाहीने हार्डवेरका सामान तथा ईन्टरनेट सेवा जडानै नगरी त्यसै बसीरहेका छन् ।

त्यतीमात्र नभई ई टिकेटिङ प्रणाली बाट टिकेट बिक्री बितरण गर्दै आईरहेका मल्टीफ्लेक्स चलचित्र घरहररुलाई समेत बोर्डले २०७४ चैत्र १५ गते भित्र केन्द्रिय सर्भर सँग ई टिकेटीङ सम्बन्धी सफ्टवेयर लिंक गर्ने एपिआई एड्रेस दिनु भनि पत्र लेखेकोमा हाल सम्म पनि केही मल्टिफ्लेक्स चलचित्रघरहररुले एपिआई एड्रेस दिन अटेर रगीराखेका । बिगत लामो समय देखीको अथक प्रयास पछि बोर्डले चलचित्र सम्बन्धी कारोबारलाई व्यवस्थीत र पारदर्शी बनाउन संसारमा चलन चल्तीमा रहेको बक्स अफिस प्रणालीलाई लागू गर्न खोज्दा केही चलचित्रघरहररु बाटै यस्तो ब्यबहार हुनुले त्यस्ता हलवालाहररुलाई शंकाको दृष्टीकोणले हेर्न थालीएको छ । यत्तीका समय सम्म नेपालमा चलचित्र क्षेत्रमा बक्स अफिस प्रणाली कस्का कारणले लागू हुन सकेन भनि प्रश्न गर्दा यस्को सहज उत्तर आउने सम्भावा बढ्दै गैरहेको छ । बक्स अफिस लागू गर्न अवरोध गर्ने जो कसैका बिररुद्ध सरकार अब कडाईका साथ अघि बढने योजना मा छ ।

अर्थ मन्त्रालयका एक अधिकारीले भने “अब सरकार चुपलागेर बस्दैन, अटेर गर्ने चलचित्रघरहररुलाई अब कारवाही हुन्छ । वोर्ड कि अध्यक्ष निकीता पौडेलले भनिन् “ सबै कुराहररु स्पष्टनै देखीएको छ, बक्स अफिस लागु हुन्छ हुन्छ, यो नेपाल सरकारको निर्णय हो, वोर्ड ब्याक हुन सक्दैन, नमान्नेहररु कानुनी कारवाहीमा पर्नेछन् । बिभीन्न बाहानामा केही हलवालाहररुले बक्स अफीस प्रणाली कार्यान्वयन गर्न जती नै आलटाल गरे पनि कार्यान्वयन प्रक्रियामा अवरोध गर्ने जो कसैलाई सरकार भने कानुन बमोजीम कारवाही गर्ने मुडमा देखीन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु