डा.कृष्णहरि बरालको आधुनिक गीत गजलसङ्ग्रह बिम्ब–२

म्यूजिक खबर
प्रकाशित: १८ चैत्र २०७१, बुधबार

काठमाडौं । वरिष्ठ गीतकार एवं गजलकार डा.कृष्णहरि बरालको आधुनिक गीत गजलसङ्ग्रह बिम्ब–२ शुक्रबार राजधानीमा सार्वजनिक गरिएको छ । डा.कृष्णहरि बरालको एकल गीत गजल र गैरे सुरेशको एकल संगीत रहेको गीतिसंग्रह बिम्ब–२ लाई वरिष्ठ गीतकार किरण खरेल, संगीतकार दीपक जंगम, बुलु मुकारुङ, गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहाल, संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, प्रस्तोता समाजका अध्यक्ष हेमन्त शर्मा, उत्पादक संघ नेपालका अध्यक्ष पदम बुढालगायतले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै डा.बरालले माया प्रेम र जीवनमा घटेका यथार्थ सन्दर्भहरुलाई गीत र गजलभित्र समावेश गरेको बताएका थिए । बिम्ब गीतिसंग्रह आएको लामो समयपछि बिम्ब–२ लाई सार्वजनिक गरिएको बताउँदै बरालले माया प्रेम र जीवनभित्र हुने विभिन्न आरोह अवरोहहरुलाई एल्बममा समावेश गरिएको बताए ।
कार्यक्रममा उत्पादक संघका अध्यक्ष पदम बुढा, संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष, संगीतकार दीपक जंगम, बुलु मुकारुङ, गीतकार किरण खरेल लगायतले बिम्ब–२ को सफलता शुभकामना दिएका थिए । विन्ध्यवासिनी म्यूजिकका संचालक सुवास रेग्मीको सभापतित्वमा आयोजना गरिएको उक्त कार्यक्रममा गीतसंगीत क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

bimba2
बिम्ब–२ भित्र हेर्ने हजार आँखाहरु, माया गर्ने मान्छेले यहाँ मन मिल्ने मान्छे, अपराध पो गर्नुहुन्न, हर चिज छ जीवनमा, चाहिँदैन सुख सयल, यस्तो मान्छे फेला परोस्लगायतका गीतहरु समावेश गरिएको छ । जसमा यम बराल, सत्यराज आचार्य, स्वरुपराज आचार्य, दीपक लिम्बू, निशा देशार, मिलन अमात्य, निरा रानाभाट, शोभा पाण्डेयको स्वर रहेको छ । गीतलाई विन्ध्यवासिनी म्यूजिकले बजार प्रबद्र्धन गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु