बहुला भए रमेशराज

म्यूजिक खबर
प्रकाशित: ५ बैशाख २०७४, मंगलवार

बैशाख ५, काठमाण्डौ । मायाप्रेम भनेको विश्वास हो भन्थे तर विश्वासघात पनि हो भन्ने कुरा कमैले थाहा पाएका छन् । कसैले माया दिई भन्दैमा भर पर्ने जमाना हराएछ हजुर । बेहुला बनाउँछु भन्थी बहुला बनाएर गइ भनेर चिच्याउन बाहेक अरु केही पनि बाँकी छैन रमेशराजलाई पनि । कसैलाई माया असार कसैलाई चैत कस्तो होला माया ? सुखदुःख बाँडेर लिने बचन पनि तोडेर जानेले कस्तो माया गर्छ होला भन्ने पनि रमेशकै कुराबाट प्रष्ट हुन्छ ।

ramesh
गायक रमेशराज भट्टराई पछिल्लो समय एकपछि अर्को स्टेज कब्जा गर्ने गीत बोकेर आइरहेका छन् । पहिला पहिला संगीतकारको परिचय बनाउँदै आएका रमेशराज यतिबेला भने गायकको परिचयले चर्चाको शिखरमा रहेका छन् । बबाल भो बबाल भो, फिदा हुन्छु, जब साँझ पर्छ जस्ता गीतहरुले बजारमा चर्चा बटुलिरहेको बेलामा अहिले बेहुला बनाउँछु भन्थी बहुला बनाएर गईले पनि उत्तिकै चर्चा बटुल्ने आश गरिएको छ । आफ्नो जन्मदिनसँगै बजारमा बहुला लिएर आएका रमेशराजले आफ्नै शब्द संगीत र स्वरमा स्रोतालाई कोसेली दिएका हुन् । आरअडियोबाट यूट्यूबममा प्रकाशन गरिएको लिरिकल भिडियोले यतिबेला सबैको मनलाई आकर्षित गरेको छ । त्यसो त यस गीतको कभर सङ गर्ने उत्कृष्टलाई ५१,००० पुरस्कार राशिसमेत घोषणा गरेका छन् । बुहलाको पुरस्कार ५१००० भएपछि अब सज्जनको हालत के होला एकचोटी कभर गरेर हेर्नुस् है ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु