बाहुबली अभिनेता प्रभासले अनुष्कासँगै विवाह गर्ने

म्यूजिक खबर
प्रकाशित: ११ जेष्ठ २०७४, बिहीबार

एजेन्सी । भारतीय बक्स अफिसमा करिब १५ सय करोड भन्दा माथिको व्यापार गर्न सफल भएको फिल्म ‘बाहुबली २’ का अभिनेता प्रभासले विवाह गर्ने भएका छन् ।

बाहुबलीको कामले गर्दा पाँच वर्षसम्म ६ हजार विवाह प्रस्तावलाई अस्वीकार गरेका प्रभासले बाहुबली अभिनेत्री अनुष्का शेटेटीसँग विवाह गर्ने भएका छन् ।

ANUSKA- Pravash

ANUSKA- Pravash

अनुष्काले पनि प्रभाससँग विवाह गर्नकै लागि दुई वर्षसम्म आफ्नो विवाह रोकेको भारतीय मिडियाले जनाएको छ । प्रभास उनले पनि आफूजस्तै फिल्ममा पूर्ण रुपमा ध्यान दिउन् भन्ने चाहन्थे ।

भारतको चर्चित अनलाइन पोर्टलअनुसार अहिले यी दुई एकअर्कासंग डेट गरिरहेको बताइएको छ । फिल्ममा पनि प्रभास र अनुष्काको केमेस्ट्रिलाई खुब रुचाइएको थियो । उनीहरुको सम्बन्धबारे भने प्रभास र अनुष्का दुवैले मुख खोलेका छैनन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु