‘बोल्ड कुरा’ गर्ने बोल्ड अभिनेत्री

म्यूजिक खबर
प्रकाशित: २ मंसिर २०७०, आईतवार

काठमाडौं । केही समय पहिला भएको ‘डि–सिने अवार्ड’ हट अभिनेत्री हावी भयो भन्नेहरुको ओठ अझै सुकेको छैन । हालै सम्पन्न अवार्डको पाँचौ संस्करणमा अभिनेत्री रेखा थापा र नवोदित अभिनेत्रीमा सिमा केसीले अवार्ड पाएपछि चलचित्र क्षेत्रकै मान्छेहरुले यसरी अन्तुष्टि पोखेका हुन्, र पोखिरहेका छन् । तर, यसैबेला नवोदितको अवार्ड पाएकी अभिनेत्री सिमा केसीले भने अभिनेत्री हट मात्र नभई बोल्ड नै हुनपर्ने तर्क राखेकी छन् । सिमाले भनिन्, ‘अवार्ड हट अभिनेत्री हावी भयो भन्ने कुरा कतैबाट आएको छ भने त्यो ठिकै हो किनकि, युवति जहिल्यै हट हुनपर्छ र अभिनेत्री भनेको ‘बोल्ड’ हुनपर्छ ।’ उनले महिला बोल्ड नभए संसारै नरहने तर्कसमेत अगाडि सारिन् ।
सिमाले चलचित्र ‘युज’ मार्फत नवोदित अभिनेत्रीको अवार्ड पाएकी हुन् । बिएस बलामी निर्मित तथा निर्देशित सो चलचित्रमा सिमाले निकै बोल्ड सिन दिएकी छन् । त्यसैले पनि सिमाले अवार्ड पाएपछि ‘अवार्डमा हट अभिनेत्री’ हावी भएको आरोप लगाएका हुन् । रेखाको त कुरै छाडौं, एक दशकयता हट छविकै कारण रेखाले चलचित्र क्षेत्रमा राज गर्दै आएकी हुन् । उत्कृष्ठ अभिनेत्रीको अवार्ड रेखाको पोल्टामा परेकै अवार्ड समारोहमा पछिल्लो समय हट अभिनेत्रीको छवि बनाउँने क्रममा रहेकी सिमाले अवार्ड पाएकाले पनि के भनौं भन्नेका लागि निहुँ भएको छ । त्यसो त रेखाले यसपटक मात्र डि–सिने अवार्डमा उत्कृष्ठ अभिनेत्रीको अवार्ड पाएकी होइनन् । अवार्डको पाँचौ संस्करणसम्म आइपुगदा रेखाले लगातार चारपटक उत्कृष्ठ अभिनेत्रीको अवार्ड कुम्ल्याउन भ्याइसकेकी छन् तर यस सम्बन्धमा कुनै चलचित्रकर्मी प्रतिक्रिया जनाएको पाइएको छैन । सायद अवार्ड रेखा हावी भएकाले हो वा उनको अभिनय क्षमताले भन्नेचाहिँ अवार्डका आयोजक र जुरीले बुझ्न कुरा हो । तैपनि एउटै अवार्डमा एउटै अभिनेत्री अभिनेत्रीलाई शृंखलाबद्ध अवार्ड दिइयो भने अवार्डप्रतिको गरिमा र साखः गुम्न सक्छ कि भन्ने आयोजकले बुझ्नुपर्ने कुरा हो ।

sima lc
रेखाको कुरा छाडौ, नवोदित अवार्ड पाएकोमा अभिनेत्री सिमा आयोजकप्रति अभारी भएकी छन् । अभिनय करिअरकै पहिलो अवार्ड भएकाले पनि सिमा यसरी फुरुंङ भएकी हुन् । अवार्ड र पुरस्कार जस्तोसुकै होस्, तर त्यसले कलाकारलाई प्रेरणा र हौसला प्रदान गरेको हुन्छ । यस्तै सिमाले पनि आफ्नो कलाकारिता जीवनको पहिलो अवार्ड डि–सिने अवार्डबाट उत्साहित छिन् । उनी भन्छिन्, ‘अवार्डले मेरो काम र मिहिनेतको
कदर भएको महशुस भएको छ । मलाई अझै काम गर्ने उत्साह मिलेको छ ।’ उनले अवार्ड पाउने आशै नगरेको भए पनि पाइसकेपछि कामको मूल्यांकन भएको दावी गरिन् । ‘म हट नै होला तर अवार्ड हट भएर पाएको होइन, ‘सिमाले भनिन्, ‘चलचित्र युजमा मैले नारीप्रधान भूमिका गरेकी छु, नारीको न्यायका लागि अभिनय गरेकी छु । त्यसैको मल्यांकन गर्दै अवार्ड पाएकी हुँ ।’
हाल चलचित्र ‘सट आउट’ को डबिङमा व्यस्त रहेकी सिमाले भनिन्, ‘नयाँ प्राजेक्टमा पनि कुरा भइरेहेको छ । सायद चाँडै कुरा फिक्स हुन्छ होला ।’ सिमाले उद्देश्य नेपाली चलचित्र क्षेत्रमा हट तथा एक्शन अभिनेत्री बन्ने लक्ष्य लिएकी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु