ब्रेकअप हल्ला मात्रैः ऋतिक

म्यूजिक खबर
प्रकाशित: ८ आश्विन २०७०, मंगलवार

मुम्बई, (एजेन्सी) । बलिउडका डान्सिङ हीरो ऋतिक रोशनको जीन्दगीको आधा हिस्सा उनकी प्यारी पत्नी सुजेनमा अढिएको छ । भन्निछ, ऋतिक सुजेनविना केही पनि सोच्नै सक्दैनन् । हरेक निर्णयको अधिकार उनले सुजेनलाई सुम्पेका छन् ।
यस्तो प्रियजोडीको ‘ब्रेकअप’ होला भन्ने सोच्नै सकिन्न । तर, केही दिनअघि अचानक यस्तो हल्ला फैलियो कि, ‘ऋतिक र सुजेनबीच ब्रेकअप ।’ उक्त हल्लाले बलिउडमा सनसनी फैलियो । धेरैले उक्त अपवाहलाई सकारात्मक लिए अर्थात् पत्याए पनि । किनकि, कलाकारको जीवन कतिखेर प्यार हुन्छ, कतिखेर ब्रेकअप टुंगै हुँदैन । तैपनि कतिपयले विश्वासै गरेनन् । ‘कसरी हुनसक्छ यस्तो ?’ बलिउडकर्मीले असिवश्वास प्रकट गरे यी जोडीको ब्रेकअपको हल्लालाई लिएर ।
त्यसो त हल्ला त्यतिकै फैलिँदैन । ‘कुछ’ भएकै हुनपर्छ । रमाइलो कुरा त के भने सुजेनसँग आफ्नो ब्रेकअप भएको ऋतिकलाई समेत थाहा थिएन । ‘मेरो पत्नीसँग ब्रेकअप भएको मलाई नै थाहा छैन, हल्ला कसरी फैलियो’ ऋतिकले अचम्म मान्दै भने । आफूमाथि गलत अफवाह फैलिएकोमा उनले दुखसो समेत व्यक्त गरे । प्राणप्यारी पत्नीसँग विछोड भएको अपवाह फैलिएपछि ऋतिकले आफ्नो ट्विटर एकाउन्टमार्फत दुख सेयर गरेका छन् । । उनले ट्विटरमा ‘हल्ला सबै गलत हुन्, नचाहिँदो अपवाहले मलाई दुखित बनाएको छ ।’ ऋतिकले पत्नीसँग केही मिसअन्डरस्ट्रिडिङ भएको भने स्वीकारेका छन् । उनका अनुसार सुजेन भीडभाडमा घुम्न रुचाउँछिन् । यसरी स्वतन्त्र भएर घुम्दा सुजेनलाई आनन्द मिल्छ रे । ‘कुनै दिन उनी कोही–कसैसँग घुम्न निस्केकी थिई होला । त्यसैले यस्तो हल्ला फैलिएको हुनसक्छ’ ऋतिकको स्वीकारोक्ति हो ।
ऋतिकले उक्त नचाहिँदो हल्लाले आफ्नो जीवनमा नकरात्मक असर परेको समेत बताएका छन् । उनले भने, ‘मिडियामा आएको नकरात्मक हल्लाले मेरो लाइफमा समेत नकारात्मक असर परेको छ । ताकि, उनको कोहीसँग मिसअन्डरस्ट्रिडिङ भएको गलत समाचार प्रभाव भएको छ ।’ हुन त सुजेन र ऋतिकबीच कुनै दरारै नभएको होइन । हरेक मान्छेको जीवनमा जस्तै ऋतिक र सुजेनबीच पनि प्रोब्लम छ । तर, उनीहरुबीच सम्बन्धविच्छेद नै हुने अवस्था छैन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु